तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह : देउवा

  • हजुरको खवर
  • शुक्रबार​, माघ ७ २०७८ प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभयो । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गर्नुभयो । पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गर्नुभएका छन् । प्रचण्डको प्रस्तावका सम्बन्धमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन । तर, एक वर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै उहाँले पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभएका हुन् ।

दलीय सहमतिमा जोड
संसदमा जारी रहेको अवरोधतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बतानुभएका छन् ।संविधान कार्यान्वयन, विस्तृत सम्झौताको बाँकी कार्य पूरा गर्ने र नागरिकताको समस्यालाई सरकारले उच्च प्राथमिकता राखेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संसदमा विचाराधीन सबै विषयमा सबै दलसँगको संवाद गरेर निष्कर्षमा पुगिने बतानुभएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।