खाना खाएर हतार हतार रेडि भए अफीस जानको लागि
ऐनामा आफुलाई २, ४ चोटि नियाल्दै मनमनै “राम्री छस् जा अब छिटो” भन्दै
एक्लै हाँस्दै ब्याग चेपेर निस्कीएँ,
५ मिनेट जति कुरे पछि बल्ल गाडि आयो
म चढ्ने ठाउँसम्म खाली खाली हुन्थ्यो
सँदा झैं झ्यालको सिटमा बसेँ
आज अन्तिम बसाई होला गाडिमा.. मख्ख परेँ सोचेर
गाडि अगाडी बढ्यो आँखाले भ्याउन्जेलको दृश्य नियाल्न थाले
आँफु बसेको ठाउँ चले जस्तो लाग्दैन
बस.. रुख, बिरुवा, झाडी, खेत बारी पछाडी पछाडी दौडिरहेका छन्
हावाका मुस्ला मेरा मुखमा ठोकिँदै मेरा कपाल सँग खेल्दै छुट्टिदै छन्
म बस महशुस गर्दै थिएँ ।
त्यत्तिकैमा मेरा आँखा निलो कलरको रे जेट स्कुटिमा प¥यो
कालो हेल्मेट भित्र बाट खैरा कपाल २ साईडमा उडेका थिए
इनर बाहिरको आउटर हावाले नेपालको झन्डा जस्तै फरफराउँदै थियो
झन्डै ६० को स्पिडमा हुँदो हो, म बसेको गाडि अलिक अगाडि भयो
मैले त्यो स्कुटि फर्केर नियालेँ
गोरी, गोलो राम्रो अनुहार भएकी केटि रातो लिपिस्टकमा
आफ्नो सुरमा आफ्नै काममा कतै जाँदै होलि
आहा........
भोलि देखि त म पनि यसै गरि हिँड्छु
मेरो सपना घरको समस्याले गर्दा स्कुटर किन्ने इच्छा अधुरो थियो
तर आज किस्ता तिर्ने गरेर भए पनि अफीस सकेर स्कुटर किन्ने योजना थियो ।
म पनि भोलि देखि स्कुटरमा हिँड्छु भन्ने सोचेरै अफीस आईपुगेँ
बाँकि सबैलाई गुड मर्निङ्ग भनि सकेपछि एउटा गुड मर्निङ्ग अलि खास थियो
गुड मर्निङ्ग......... रिप्लाई आयो
मख्ख परेर आफ्नो टेबलमा बसँे
हाम्रो लाईफ इन्स्योरेन्सको म्यानेजर उ, म अकाउन्टेन्ट
राम्रै सम्बन्ध थियो हामि बिच, म्यानेजरको हैसियतले पनि होला
निकै सभ्य, भलादमी, राम्रो बानि थियो ।
त्यसैले लोभिएको थिएँ म उ प्रति
सायद उ पनि केहि सोच्थ्यो मेरो बारेमा, मैले कहिल्यै सोधेको भने होईन
तर मेरा हरेक कुरा याद हुन्थे, मेरा ल्वाई ख्वाईका चोईस म भन्दा अगाडि भन्न सक्ने
सायदै केहि नसोच्ने भए सँधै अफीस बाट फर्किदा,
कसैले घर छोड्दैन पनि होला, ठेक्कै लिए सरि त
उसैको सहयोगमा स्कुटर किन्ने योजना भएको थियो
त्यो दिन मेरो लागि निकै खास थियो, आफ्नो सपना नजिकै आउँदै गर्दा
त्यो दिनको समय पनि वर्ष भरिको जस्तै लागि सकेको थियो
कहिल्यै समय बित्दैन आफुँलाई हतार परेको दिनमा
मेरो खुसिका छालहरु छचल्किरहेका अनुहार नियाल्दै थिए उनि बेला बेलामा
म मनमनै प्लान गर्दै थिएँ त्यो दिन
भोलि बाट घर छोड्दीनु नपर्ने भए पछि अलि हिम्मत आउँछ
भोलि अफीस आउनु अगाडी कतै क्याफेमा भेटेर मेरा मनका कुरा सबै भन्नु पर्ला
मेरो बारेमा के सोच रहेछ सोध्नु पर्ला
मेरा सोचाई सबै भन्नु पर्ला,
मलाई यसरी नै सँधै जिन्दगि भरि तपाईकै आँखा अगाडि बसेर काम गर्न मन छ
तपाईका जिन्दगिका बाँकि वर्षहरु म सँग बिताउन सक्नु हुन्छ ?
सोध्नु पर्ला २ वटा ठुला सपनाको घर बनाउँदै बल्ल बल्ल काम सकियो ।
निस्कियौँ हामि अफिसबाट, अनि सो रुम गएर मैले रोजेको मेरो सपना किनियो ।
यमहा रे जेट निलो कलरको........ आँखा भरि खुसिका आँशु आउन खोज्दै थिए सम्हालिएँ ।
सो रुम वालालाई नै घर पु¥याईदिन भने उनले मलाई अन्तिम दिन घर पु¥याउने रहरले होला मलाई लैजान दिएनन् ।
घर फर्किदै गर्दा सोधे कस्तो लाग्दैछ ?
भन्न सक्दीन नसोध्नु । भोलि कति फुर्सद छ ? बिहान, कँहि क्याफे तिर जान सकिन्छ ? एक छिन ?
भन न मात्र अहिल्यै जाम्ला नि ।
अहिले होइन, भोलि क्या बिहान ।
हुन्छ म फोन गर्छु नि ।
मैले त्यो अन्तिम दिनको उसको ज्यानको स्पर्श महशुस गर्न लागे ।
सधै घर पुगेर कपडा फेर्दा
मेरा कपडाको अगाडि भागमा उसको अत्तरको बास्ना
अनि पछाडी पट्टि मेरो अत्तर हुन्थ्यो ।
अलि बढि टाँसिए म अन्तिम चोटि उसको ढाडमा ।
उसको केहि आपत्ति थिएन मैले त्यसो गर्दै गर्दा ।
गफ गर्दा गर्दै घर आयो ।
मेरो सपना भित्र्याएको खुसि छुट्टै त थियो, सँगै बिहानीको पर्खाइमा थिएँ म ।
अब रात पनि त्यस्तै दुस्मन झैं भयो कहिल्यै नजाने ।
१०० चोटि भन्दा बढि घडि हेरीसके पछि बल्ल बिहान भयो ।
सबै काम सकेर खाना पनि धेरै नखाई हतार हतार रेडि भएँ ।
अरु दिन भन्दा अलि बढि राम्री भए अत्तर पनि अलि धरै हाले ।
फोन बज्यो, उसैको थियो
अफिस भन्दा अलि परको क्याफेको नाम लिएर त्यहि भेट्ने सल्ला भो
म छिट्टै रेडि भएर सबै समान नयाँ स्कुटरमा राखेर स्टार्ट गरेर हिँडे ।
लाईसेन्स बनाईसकेकोले स्कुटर चलाउन केहि समस्या थिएन
हिजो देखेको केटि जस्तै फिलीङ्ग आयो
आज मलाई पनि कसैले नियाल्दै होला भन्ने लाग्यो ।
मेरा काला कपाल उसै गरि दुई तिर बाट उडाउँदै
लुगा फरफराउँदै गोरो मुखमा रातो लिपिस्टीक टल्काउँदै
निकै खुसि साथ ५०–६० कै स्पिडमा अगाडि बढेँ ।
सायद जाँदा जाँदै मेरा सपना सकिएका हुँदा हुन्
मेरो भागको भोगाई सकिएको हुँदो हो,
दिन सकिए पछि कस्को के लाग्थ्यो होला र
अगाडि बाट अन ब्यालेन्स भएर आएको एउटा ठुलो ट्रक मैले छल्न खोज्दा खोज्दै पनि
मेरै स्कुटरमा आएर ठोकियो............
म उछिट्टिएर अलि पर पुगे टाउको बाट बेस्सरी रगत आयो
एकै छिनमा कानतिर बाट नि रगत बगेको महशुस भयो
सबै मानिसका हो–हल्ला अलि अलि कानमा आउँदा आउँदै मेरा सास बन्द भए...............
मेरा सपना त्यहि ठोकियो...........
मलाई पर्खिदै गरेको अर्काै सपना पनि त्यहि रोकियो.............
मुना दाहाल
हेटौंडा–८, मकवानपुर
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।