ट्राफिक नियम मिचेर पार्किड्ड-चालकको कारण दुर्घटना बढ्दो

  • हजुरको खवर
  • मङ्गलबार, श्रावण २० २०७७ प्रकाशित

ना २ ह ३७५३ नंम्बरको हरियो रंगको अटो कान्तिराजपथको सडकमा पार्किङ्ग गरेर राखिएको थियो । जहाँ लेखिएको थियो, पार्किङ्ग दुई पाङ्ग्रे मात्र । तर अटो कति पाङ्ग्रेको सवारी ? भन्ने प्रश्न समेत खडा भएको छ । अटो मात्रै होइन अटोको पछाडी झण्डै १० वटा साना गाडीहरुको लाइन लागेको थियो । उक्त अटो सँगै लाइनमा बा १० च १११६ नम्बरको खैरो रंगको कार पार्किङ्ग गरिएको थियो । कारको पछाडी रहेको सवारीको लाइन झन्डै बुद्धचोक नै पुग्न लागिसकेको थियो । ट्राफिक प्रहरीले पार्किङ्ग गर्न निषेध गरेको स्थानमा मनलागी पार्किड्ड गर्नाले सबैलाई उत्तिकै समस्या हुने गरेको छ । 
हेटौडा २ कान्तिराजपथको सडकमा पार्किङ दुई पाङ्ग्रे लेखिएर राखिएको बोर्ड सँगै थुप्रै गाडीहरु रोकेर राखिएको थियो । बिहान ११ बजे तिरको समयमा अटो तथा निजी सवारीको साधनहरु हेटौंडा २ कान्तिराजपथको सडकमा पार्किङ गरेर राखेको अवस्थामा पाइएको हो । हेडौंडा उपमहानगरपालिका भित्र ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीहरु बजार वरिपरि लागी परेका छन् । तर पनि सवारी चालकहरुको लापरवाहीका कारण ट्राफिक व्यवस्थापन नै फितलो हुने गरेको छ । 
जहाँ नो पार्किड्ड लेखिएको हुन्छ त्यँही जाना जान सवारीका साधनहरु पार्किड्ड गरेर राखिएको हुन्छ । ट्राफिक प्रहरी आइहाल्यो भने मात्र भाग्ने प्रचलनले हेटौंडा बजार क्षेत्रमा अवस्थित सवारी पार्किड्ड हुने गरेको सरोकारवालाहरुको बताएका छन् । 
अवस्थित पार्किड्डको कारण बाटोमा हिड्ने सर्वसाधारणहरु लाई पनि आउजाउ गर्न समस्या हुने गरेको छ ।  हेटौंडा बजार क्षेत्रमा पार्किड्डको लागी जिल्ला ट्राफिक कार्यालय मकवानपुरले निश्चित स्थान तोकिदिएको छ । यदि नियम उल्लंघन गरेमा कारवाही तथा जरिवाना समेत लिने गरेको छ । तर पनि चालकहरुको मिचाइ प्रवृतीको कारण सोचे जस्तो कुशल ट्राफिक व्यवस्थापन गर्न कठिनाईको सामना गर्न परिरहेको मकवानपुर जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक हरि विष्णु ढकालले बताउनु भयो । 
बागमती प्रदेश कै राजधानी रहेको हेटौंडामा बाटो सँगै जोडेर बनाइएको घरहरुले गर्दा पनि अप्ठेरो सामना गर्नुपरेको ट्राफिक प्रमुख प्रहरी निरिक्षक ढकालले बताउनु भयो । उहाँले भन्नुभयो,“चालक तथा सम्पुर्ण नागरिकहरुले आफु पनि विना बर्दिको प्रहरी हौं भन्ने भावना राख्न जरुरी छ । प्रहरी देख्दा मात्रै डराउने बानीका कारण जहिले अस्तव्यस्त हुन्छ । अनि सबैले ट्राफिकले राम्रो सँग नहेरेको भन्ने आरोप लगाउँछन् । अव्यस्थित पार्किड्ड गर्नेलाई कारवाही गरिरहेका छौं र अझ कडाई गरिने छ ।”  
आवश्यक पर्ने चोक÷चोकमा ट्राफिकको बोर्ड राख्न समेत स्थानिय सरकारले सहयोग नगरेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक हरि विष्णु ढकालले बताउनु भयो । तोकिएको ठाँउ भन्दा बाहेक अनाधिकृत रुपमा सवारी पार्किड्ड गरेर राखेको पाइएमा ५ सय रुपैंया देखी २ हजार रुपैंया सम्म ट्राफिक प्रहरीले जरिवाना लिने गरेको छ । 
व्यवस्थित शहर निर्माण गर्न प्रहरीको मात्रै दायित्व रहेको भन्ने सोच राखेर चालक तथा सर्वसाधारणको हेपाइको कारण ट्राफिक व्यवस्थापनमा थप जटिलता आएको सरोकारवालाहरुले बताएका छन् । पछिल्लो समय सडक दुर्घटना बढ्नुको कारण अव्यवस्थित पार्किड्ड पनि एक रहेको प्रहरी विभागले बताएको छ । नेपालमा बर्षेनी ३ हजार भन्दा बढी मानिसको सडक दुर्घटनामा परि ज्यान जाने गरेको समेत जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । 


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।