टिकटक बन्दको विरोधमा माइतीघरमा युवाहरूको प्रदर्शन

  • हजुरको खवर
  • सोमबार, मङ्सिर ४ २०८० प्रकाशित

टिकटक बन्द गर्ने सरकारको निर्णयबिरुद्ध युवाहरुको एक समूहले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेका छन् । जनताको बोल्ने अधिकार सुनिश्चित गर भन्दै उनीहरुले टिकटक प्रतिबन्धविरुद्ध काठमााडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले सरकार हिजो बन्दुकसँग नडराउने आज टिकटकसँग, टिकटक बन्द हैन भ्रष्टाचार बन्द गर, गरिखाने मर्दैछ सरकार, टिकटक हैन जाजरकोटलाई ध्यान दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले टिकटक बन्द नभई सरकारले आवश्यक नियमन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले टिकटक बन्द गरेपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ भने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढि रिट दर्ता भएको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार भने हेर्न नभ्याइने सूचीमा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।