टिकटकविरुद्धका रिट न्यायाधीश शर्माको इजलासमा

  • हजुरको खवर
  • मङ्गलबार, मङ्सिर ५ २०८० प्रकाशित

टिकटकमाथी प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन्। सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए।

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्ध कार्यान्वयन हुने वा रोकिने भन्ने सर्वोच्चको आदेशमा निर्भर रहन्छ।

सर्वोच्चले सो प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएमा आममानिसले टिकटक चलाउन पाउनेछन्। सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेमा भने अन्तिम फैसला नहुँदासम्म टिकटकमाथीको प्रतिबन्ध कायम रहनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।