पालुङ जेसीज वर्ष २०२१ का कोषाध्यक्ष निरज रायमाझीले आफ्नो जन्मदिनको अवसरमा फर्निचर सहयोग गर्नु भएको छ । आज एक कार्यक्रमको आयोजना गरि कोषाध्यक्ष रायमाझीले कुलदेवता समितीलाई १५ थान कुर्सी सहयोग गर्नु भएको हो । सो कुर्सी रायमाझी कुलदेवता समिति मकवानपुरका उपाध्यक्ष सुकदेव, सचिव राजाराम र कोषाध्यक्ष तस्वीर रायमाझीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।
पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाको सभाध्यक्षतामा कार्यक्रममा पालुङ जेसीज २०२० का निवर्तमान अध्यक्ष जेसी मनोज रायमाझी, फरक सोच अभियानका संयोजक यादबजंग रायमाझी लगायत कुलदेवता समितीका तथा जेसिजका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।!
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।