जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड हेटौँडा १२ को वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार भौतिक दुरी कायम गरी साधारण सभा गरिएको संस्थाका व्यवस्थापक रामहरी पोखरेलले जानकारी दिए ।
साधारणमा सभामा अतिथिहरुलाई निमन्त्रणा नदिई प्रमुख अतिथिको मात्र उपस्थितिमा कार्यक्रम गरिएको थियो । वार्षिक साधारणसभामा उपस्थित भएका शेयर सदस्यहरुले पनि आवश्यक मास्क लगाई स्यानिटाईजरको प्रयोग गरेका थिए । साथै उनीहरुलाई भौतिक दुरी कायम समेत गरिएको व्यवस्थापक पोखरेलले बताए । साधारण सभामा वडा नम्बर १२ का वडाअध्यक्ष ललितबहादुर घलानको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभा संस्थाका अध्यक्ष मधुसुदन नेपालको सभाध्यक्षतामा भएको हो ।
संस्थाका सचिव अकबर थापाले संचालन गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक रामहरिह पोखरेलले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।