जननेता मदन भण्डारीको जन्म जयन्तीमा हेटौँडामा दिप प्रज्वलन 

  • हजुरको खवर
  • सोमबार, आषाढ १५ २०७७ प्रकाशित

तत्कालीन नेकपा एमालेका पूर्व महासचिव एवं चर्चित वामपन्थी नेता मदन  भण्डारीको जन्म जयन्तीमा हेटौँडामा दिप प्रज्वलन गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमि हेटौँडा उपमहानगर कमिटिको आयोजनामा  हेटौँडा उपमहानगर पालिका वडा नम्बर ९ को गुम्बा चोकमा दिप प्रज्वलन गरेको हो । 
मदन भण्डारी स्पोर्टस एकेडेमि हेटौँडा उपमहानगर कमिटिका अध्यक्ष सविन लामाको सभाध्यक्षता तथा जिल्ला संमन्वयन समिति मकवानपुरकी सदस्य सिता अधिकारीको प्रमुख आथित्यता, हेटौँडा उपमहानगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीको विशिष्टि आथ्यितामा कार्यक्रम भएको हो । 
प्रमुख अथिति अधिकारीले भण्डारी नेपालमा मात्रै नभई अन्राष्ट्रिय क्षेत्रमा समेत छाप छोड्न सफल भएका जन नेता गुमाउनु परेकोमा दुख व्यक्त गर्दै मृतआत्माको शान्तिको कामना गर्नु भयो । उहाँले विचारसँगै भण्डारीले प्रतिपादन गर्नु भएको सिद्धान्तलाई ब्यवहारत प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो । जनताको जीवनसँग जोडिएर भण्डारीका विचारलाई समृद्ध बनाउनु पर्ने अधिकारीले बताउनु भयो ।

विशिष्ट अथिति भण्डारीले भण्डारी सिद्धान्तका, विचारका अविचलित नेता भएकाले उहाँको अवसान भए पनि विचार सधै अमर रहेको बताउनु भयो । उहाँले देखाएको परिवर्तन र गतिको यात्रामा निरन्तर लाग्नु पर्नेमा जोड दिनु भयो ।
 जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले मदन भण्डारीले गरेका कार्यको स्मरण गर्दै उहँले लिएका सिद्धान्त सबैले पछ्याउनु पर्ने बताउनु भयो । उहाँ जस्तो जननेता गुमाउनु परेकोमा दुख व्यक्त गर्दै उहाँ प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नु भयो । 
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएकामा भण्डारीको विशेष योगदान स्मरण गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।