जनताले अनुभुति हुनेगरि कैलाशको विकास गर्छु : लाल बहादुर थापा

  • हजुरको खवर
  • मङ्गलबार, कात्तिक १५ २०७९ प्रकाशित

हेटौँडा / मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २ को प्रदेश (ख) का उम्मेद्वार लाल बाबू थापाले जनताले अनुभुति हुनेगरि कैलाशको विकास गर्ने बताउनु भयो । उहाँले कैलाश गाउँपालिका—१ डाडाखर्कमा आयोजित कार्यकर्ता भेटगाटलाई सम्बोधन गर्दै थापाले आफु यसै क्षेत्रको भएको भन्दै यस भेगको विकास गर्नको लागि स्थानिय उम्मेद्वार चाहिने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो,‘म यसै भेगको हुँ,यसै क्षेत्रको पानी खाएर हुर्केको हुँ मलाई यहाँको रितिरिवाज,धर्मसंस्कृति सबै थाहा छ, क्षेत्रको विकास गर्न थुप्रै विकासका नीतिहरु अघि सारेको छु ।’ थापाले आफूले यस क्षेत्रका जनताको लागि आफूले हरेक तबरले सहयोग गरिरहेको र गर्नेे प्रतिबद्धता जनाउनु भएको छ । जनताका सामान्य जनजीवनलाई सहज पार्ने र देशको विकासमा सकेको योगदान दिनको लागि मलाई पार्टीले उम्मेद्वारी बनाएको बताउनु भयो । थापाले इन्द्र बहादुर बाँनियाँलाई लक्षित गर्दै भन्नुभयो,‘चुनावको वेला मात्रै यस भेगका जनतालाई गरिब देख्ने, जनताको घरको छानो देख्ने अरु वेला किन नदेखेको भन्दै प्रश्न गर्नु भयो । चुनावका बेला लोभलाग्दा भाषणले अब जनता नझुक्किने भन्दै उहाँले भन्नुभयो,‘मतदाताले धेरै नेताहरुलाई जिताएर परीक्षण गरिसक्नुभएको छ,  अब फेरि नबहकिएर सुर्यमा मतदान गर्न अनुरोध गर्दछु।’ सो कार्यक्रम कैलाश गाउँकमिटि—५ का वडा अध्यक्ष टेक बहादुर लोको सभाध्यक्षतामा सम्पन्न भएको थियो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।