मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–५ डिल्लिपुरमा घरायसी बिवादमा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । स्थानीय डिल बहादुर चेपाङको कान्छी श्रीमती ५० वर्षिय सन्तमाया चेपाङलाई सौतेनी छोराले कुटपिट गर्दा उपचारका क्रममा मृत्यु भएको हो ।
डिल बहादुरको जेठि श्रीमतीको छोरा २६ वर्षिय ईन्द्र बहादुर चेपाङले कुटपिट गरी गम्भिर घाईते भई उपचारको लागि चितवन सरकारी अस्पताल भरतपुरमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । कुटपिटमा संलग्न व्यक्ति जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।जनपत्रबाट
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।