गीतकार रामकुमार प्रधानको "प्रदेशबाट..म्युजिक भिडियो सार्वजनिक

  • हजुरको खवर
  • शनिबार, कात्तिक १ २०७७ प्रकाशित

थाहानगरका युवा लिडर तथा गीतकार एवम् निर्माता रामकुमार प्रधानको पहिलो म्युजिक भिडियो म्युजिक भिडियो सार्वजनिक भएको छ । आज शनिबार घटस्थापनाको अवसर पारेर चर्चित ओयसआर डिजिटलले युटुव च्यानलमार्फत् सार्वजनिक गरेको हो । मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित नेपालकै लामो फलामे भ¥याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो फलामे भ¥याङ र भ¥याङ चढेर पुगिने प्राकृतिक टावरमा छायांकन गरिएको हो । 

पालुङ जेसीजका पूर्व अध्यक्ष एवम् नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यले निर्देशन गर्नुभएको रामकुमार प्रधानको ‘परदेशबाट ’ गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुवाष सोनामले मोडेलिङ गर्नुभएको छ भने पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत अभिनय रहेको छ ।  गीतमा चन्द्र श्रेष्ठको संगीत र प्रताप दासको श्वर रहेको छ । 

देवेन्द्र गिरी ‘हुरहुर’ को छायांकन रहेको उक्त म्युजिक भिडियोमा मेकअप रवि केसीको रहेको छ । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ । हाल संयुक्त अरब इमिरेट्स(युएइ)स्थित आवुधाबीमा रहनुभएका गीतकार एवम् निर्माता प्रधानले थाहापाटीसित कुरा गर्दै दामनको कीर्तिमानी फलामे भ¥याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो बन्न सफल भएकोमा आफूलाई निकै खुशी लागेको बताउनु भयो । यसअघि उहाँको एउटा गीत रेकर्ड भइसकेको भए पनि म्युजिक भिडियोसहित सार्वजनिक भएको पहिलो हो । 

गीतकार प्रधानले ‘परदेशबाट घरदेश जाने दाइ, सञ्चै छ रे भनिदिनू मेरी प्यारीलाई’ भन्दै गीतमार्फत् परदेशमा आफ्नो प्यारीको सिरानीमा राखेको फोटोबाहेक अरु सबै विरानी भएको र अर्को साल आफू पनि घर आउने बताउनु भएको छ । म्युजिक भिडियोमा संगीत संयोजन आमोस गोलेको रहेको छ भने निसान घिमिरेको सम्पादन रहेको छ । 
आफ्नो २७ औं निर्देशनमा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रतिक्रिया व्यक्त गर्दै निर्देशक अमात्यले भन्नु भयो, ‘राष्ट्रिय ख्यातीप्राप्त टिमसँग काम गर्ने अवसर पाएँ, अघि बढ्न अझ उत्साह थपिएको छ ।’ ‘परदेशबाट’ गीतको म्युजिक भिडियोमा दामनको भ¥याङ र प्राकृतिक टावरको अतिरिक्त थाहा नगरका विभिन्न दृश्यहरु समेटिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।