खोखो विश्वकपका रजत पदक विजेता राजन बललाई सम्मान

  • हजुरको खवर
  • मङ्गलबार, माघ २२ २०८१ प्रकाशित

मकवानपुर । खोखो विश्वकप प्रतियोगितामा रजत पदक जितेका खेलाडी राजन बललाई सम्मान गरिएको छ। इन्द्रसरोवर गाउँपालिका वडा नं. २ द्वारा आयोजित खेलकुद कार्यक्रममा उनलाई नगद २० हजार रुपैयाँ सहित सम्मान प्रदान गरिएको हो।  

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बललाई सम्मानपत्र हस्तान्तरण गर्दै उनको आगामी खेल जीवन सफलताको कामना गरे।  

मन्त्री महर्जनले नेपाललाई विश्वसामु चिनाउने महत्वपूर्ण भूमिका खेल क्षेत्र र खेलाडीहरूले निर्वाह गरिरहेको उल्लेख गर्दै प्रशंसा व्यक्त गरे। उनले युवा तथा खेलकुद मन्त्रालय खेल क्षेत्रको विकासमा केन्द्रित रहेको र खेलमार्फत् प्रदेश तथा राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने वातावरण बनाउन लागि परेको बताए।  

त्यस्तै, उनले पदक विजेता खेलाडीहरूलाई सम्मान र प्रोत्साहन दिन बागमती प्रदेश सरकारले कार्यविधि बनाएर थप व्यवस्थित ढंगले सम्मान कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए।  

खेलाडी राजन बल इन्द्रसरोवर गाउँपालिका वडा नं. २ का स्थायी बासिन्दा हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।