खेलकुद बिकास समितिद्वारा स्वर्ण पदक बिजेता निरुलाई बधाई तथा सम्मान

  • हजुरको खवर
  • बिहीबार, मङ्सिर ११ २०७७ प्रकाशित

जिल्ला खेलकुद बिकास मकवानपुरले अन्तर्राष्ट्रिय भर्चुअल पुम्से( काटा) प्रतियोगितामा स्वर्ण पदक जित्न सफल  निरु कुमारी मगरलाई बधाई तथा सम्मान गरेको छ ! 
गत  कात्तिक महिनामा काठमाडौमा भएको भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो  पुम्से च्याम्पियनसिपमा  मकवानपुरकी तेक्वान्दो डोजाङ  खेलाडी एवम प्रशिक्षक निरु  मगरले स्वर्णपदक जित्न सफल हुनु भएको थियो । 
कार्यक्रममा मकवानपुर खेलकुद बिकास समितिको अध्यक्ष सानुलामाले च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्र सहित तीन सय ६२  जना खेलाडीले प्रतिस्पर्धा रहेकोमा  नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी मकवानपुरकी चेलि निरु  मगरले ४० बर्स भन्दा माथी भएको प्रतिस्पर्धामा  नेपालको तर्फबाट स्वर्णपदक जित्न  सफल भएकोमा  बधाई एवम शुभकामना  दिनु भएको थियो ! 
कार्यक्रममा  मकवानपुर खेलकुद बिकास समिती कार्यलय प्रमुख राजन दाहाल खुसराज लगाएत बिभिन्न खेलका खेलाडीहरुको उपस्थिति रहेको थियो !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।