कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैँया विनियोजन

  • हजुरको खवर
  • बिहीबार, जेष्ठ १५ २०७७ प्रकाशित

सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।

कोरोना महामारी रोग, परीक्षण दायरा बढाउनका लागि सो रकम छुट्टाएको मन्त्री खतिवडाले बताउनुभयो । कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री खतिवडाका अनुसार स्वास्थ्यकर्मीको लागि पाँच लाख बराबरको निःशुल्क स्वास्थ्य बीमा गरिने छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।