कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्न थालेपछि रोकथामका लागि सरकारले तयारी थालेको छ । बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी प्रदेशस्तरीय निर्देशक समितिको बैठकले विभिन्न निर्णय गरेको छ । जसमा कोरोना रोकथामका प्रमुख माध्यम भनेको खोप सेवा भएकाले खोपलाई प्रभावकारी रुपमा विस्तार गर्नुपर्ने उल्लेख छ । प्रदेशमा कोरोना संक्रमित शंकास्पद व्यक्तिहरुको संख्या बढ्दै गइरहेको हुँदा आम नागरिकलाई जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्न निर्णय गरिएको छ ।यस्तै शंकास्पद व्यक्तिहरुलाई प्रयोगशालामा परीक्षण गर्ने, स्थानीय तह तथा जिल्ला कोभिड– १९ संकट प्रतिकार्य व्यवस्थापन समितिलाई जानकारी गराउन सामान्य संक्रमितहरुलाई होम आइसोलेशनमा बस्न र गम्भीर स्वाथ्य अथवा भएका बिरामीहरुलाई उपचारका लागि पायक पर्ने अस्पतालमा जान प्रेरित गर्ने जस्ता कार्य गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताउँनुभयो । साथै उहाँले जनस्तरमा सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमार्फत स्थानीय तह र प्रशासनलाई आग्रह गर्ने निर्णय भएको बताउँनुभयो ।चाडपर्व सुरु भएकाले मानिसको भीडभाड बढ्न जान सक्ने सम्भावनालाई मध्यनजर राखी सामाजिक विकास मन्त्रालय, सबै पालिकाहरुलाई र जिल्ला प्रशासन कार्यालयमार्फत जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालन गर्न गराउनका लागि निरन्तर अनुगमनको व्यवस्थापन गर्नका लागि व्यबस्था मिलाउन पनि आग्रह गरिएको छ । मुख्यमन्त्री शाहीले भन्नुभो, ‘कोरोना संक्रमणबाट सुरक्षित रहने एकमात्र उपाय खोप हो । तर हालसम्म कोरोना विरुद्धको खोपको कभरेज अपेक्षित भएको छैन् । हालसम्म खोप नलगाएका र पूर्ण खोप नपाएका तथा थप मात्रारबुष्टर खोप नलगाएका मानिसहरु अझै पनि समुदायमा रहेकाले उनीहरुलाई तत्काल खोप सेवा लिनका लागि खोप सेवा लिने व्यवस्था मिलाउनुपर्छ ।’ त्यसका लागि स्वास्थ्य संस्थाहरुलाई परिचालन गर्नुपर्ने बैठकले निर्णय गरेको छ । साभार ;रातोपाटी
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।