कोरोना रोकथामका लागि बकैया गाउँपालिकाले गरेका राम्रा प्रयासहरु के–के छन त ? ( हेर्नुस् नालिवेली )

  • Rupak Kaliraj
  • मङ्गलबार, जेष्ठ १३ २०७७ प्रकाशित

विश्वव्यापी रुपमा महामारीको रुप लिई फैलिएको कोरोना भाइरसका कारण सबैलाई चुनौती दिईरहेको अवस्थामा मकवानपुरको बकैया गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि भएकोे पहल कदमी प्रयासमा जोड दिएको छ । विभिन्न सचेतनामूलक कार्यक्रमलाई अघि सार्दै सबै नागरिकलाई अवलम्बन गर्न आग्रह गरेको छ ।


गाउँपालिकामा कोरोना भाइरसको संक्रमण हुनसक्ने सम्भवना भएकोले यसको रोकथाम र नियन्त्रण तर्फ उच्च सतर्कता रहन पालिकाबासीलाई विभिन्न माध्यमबाट अपिल समेत गरिरहेको छ । गाउँपालिकाको तर्फबाट कोरोना भाइरसबाट संक्रमित हुन नदिन तथा संक्रमितलाई उपचारको ब्यवस्था मिलाई गाउँवासीलाई सुरक्षित गराउन पालिकाले भिभिन्न कार्यहरु गरिँदै सम्पूर्णलाई लाग्न गाउँपालिका अध्यक्ष दामोदर खनाललेले अनुरोध गर्नुभएको छ । नेपाल सरकारको मार्गदर्शन र प्रदेश सरकारहरुको समन्वयमा पालिकाले आफ्नो सम्पूर्ण शक्ति महामारी रोकथाम र नियन्त्रणमा परिचालन गरिरहेको उहाँको भनाई रहेको छ ।


 विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालका स्थानीय सरकारका जनप्रतिनिधिहरुले अत्यन्त मेहत्वपूर्न काम गरिरहेका छन् । फलस्वरुप गाउँबस्तीमा मानिसहरुले आपतविपद् र दुस्खका बेलामा आफ्नो अविभावक पाएका छन् । सीमित स्रोतका बाबजुद देशमा विपद् जोखिम आइपर्दा स्थानीय तहका जनप्रतिनिधिहरु हरदिन लागिपरिहेको हुन् ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले कोरोनाको कारणले अहिले विश्वभरकै विकास गतिविधि थप्प भएको अवस्था रहिरहँदा समेत पालिकाले भौतिक विकासका कामहरु भने स्थानीय श्रमिकहरुको साथमा सामाजिक दुरी कायम गरि सञ्चालन गरिरहेका बताउनु भयो । अघिल्लो वर्ष यस गाउँपालिकाले मकवानपुर जिल्लाको सबभन्दा बढी वित्तीय प्रगति हाँसिल गरेको उत्साह हुँदाहुँदै पनि यस वर्ष महामारीले गर्दा विकासमा अवरोध आउँदा दुख महशुस भएको उहाको भनाई रहेकोछ । 


यस्तै स्वास्थ्य संयोजक फटिक रमण प्याकुरेलले कोरोनाबाट संक्रमित हुनबाट जोगाउन विभिन्न कार्य गरिनुको साथै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गरिरहेको बताउनु भयो । गाउँपालिकाले १ ओटा प्राथमिक स्वास्थ्य केन्द्र, ४ ओटा स्वास्थ्य चौकी र ३ ओटा सामुदायिक स्वास्थ्य इकाई हरुबाट सेवा सुचारी गरिरहेको जानकारी दिनु भयो । 

बकैया गाउँपालिकाले गरेका मुख्य कार्यहरु, सकारात्मक पक्ष, गर्न नसकिएको कार्यहरु र आगामी योजनाहरु बुँदागत रुपमा प्रस्तुत गरिएको छ । हेर्नुस्  

  • कोभिड–१९ कोरोना भाइरसको बारेमा गाउँपालिका क्षेत्र भित्रका आम नागरिकहरुलाई सचेत तथा सजग रहन गाउँ कार्यपालिकाको कार्यालयबाट शुरुमा अपील गरिएको ।
  • मिती २०७६÷११÷०३ गते स्वास्थ्य संस्था प्रमुखहरुको नियमित बैठक जसमा कोरोना रोकथाम र आवश्यक तयारीको लागि आबश्यक सामाग्रीहरुको खरिद सम्बन्धि निर्णयहरु गरेको ।
  • मिती २०७६÷११÷२३ गते गाउँपालिका स्तरिय आर. आर. टि पुर्न गठन तथा महामारीको समिक्षा र कोरोना सम्बन्धि जानकारी बैठक कार्यक्रम सम्पन्न जसमा १९ जना सहभागि भएका थिए ।
  • मिती २०७६÷११÷२७ गते गाउँपालिका स्तरिय कोरोना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न जसमा ३५ जना सहभागि भएका थिए ।
  • मिती २०७६÷१२÷११ गते गाउँ विपद व्यवस्थापन समितीको बैठक बसि कोभिड १९ को पुर्व तयारी तथा सावधानीको लागि विभिन्न ७ वटा निर्णयहरु गरेको । जसमा फोन ओपिडी सेवाको सुरुवात, सम्पुर्ण जनसमुदायलाई मास्क प्रदान गर्ने, लकडाउनलाई प्रभावकारी रुपमा अगाडी बढाउन प्रचर प्रसार गर्ने , स्वास्थ्य कर्मीहरुलाई आवश्यक पर्ने पिपिई लगायतका सामाग्रीहरु उपलब्ध गराउने , क्वरेनटाईनहरु बनाउने निर्णयहरु भएको ।
  • मिती २०७६÷१२÷१८  गते गाउँ विपद व्यवस्थापन समितीको बैठक बसि छतिवन, ठिंगन र हात्तिसुडेमा क्वारेन्टाईनको व्यवस्था गर्ने निर्णय भएको । 
  •  मिती २०७६÷१२÷२४  गते गाउँ विपद व्यवस्थापन समितीको बैठक बसि लकडाउनलाई अझै प्रभावकारी बनाउने, राहत उपलब्ध गराउनको लागि कार्यविधी तयार गर्ने, स्वास्थ्य कर्मीहरुलाई सुरु तलव स्केलको २५ देखि ५० प्रतिसत सम्म प्रोत्साहनको लागि कार्यपालिका समक्ष सिफारिस गर्ने, ठिंगन, मंथली,श्रीपुर र धियाल नाकामा हेल्प डेस्क संचालन गर्ने  निर्णयहरु गरेको ।
  • मिती २०७६÷१२÷२४ गते गाउँ कार्यपालिकाको बैठक राहत वितरण कार्यविधी २०७६ पारित गरेको, विपद व्यवस्थापनकोष परिचालन गर्ने निर्णय गरेको , स्वास्थ्य कर्मीहरुलाई सुरु तलव स्केलको २५ देखि ५० प्रतिसत सम्म प्रोत्साहन दिने निर्णय गरेको । 
  • स्वास्थ्य कर्मीहरुको लागि आवश्यक सम्पुर्ण सामाग्रीहरुको व्यवस्था गरेको ।
  • छतिवन, ठिंगन र हात्तिसुडेमा क्रमस ः १२, ४, ४ बेडको क्वारेन्टाईनको व्यवस्था गरेको ।
  • विदेश वाट आएकाहरुको लगत राखि सम्पुर्ण व्यक्तिहरुको र्यापिड टेस्ट गरिएको ।
  • काठमाण्डौं लगायत देशका विभिन्न स्थानवाट आएका करिव १००० जनाको स्वास्थ्य परिक्षण गरि होम क्वारेन्टाईनमा पठाईएको ।
  • सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा फोन ओपिडी सेवा संचालन गरिएको जसमा ३५६ जनाले सेवा लिएको ।
  • ओपिडी सेवालाई व्यवस्थीत गर्नको लागि बाहीर भित्र ओपिडी सेवा संचालन गरिएको र अन्य आबश्यकीय सेवा संचालन लाइ नियमित बनाईएको ।
  • मिती २०७७÷०१÷२१ गते सहकारी कर्मीहरुसँग बैठक बसि यस्तो विषम परिस्थितीमा कृषि उत्पादन कसरि बढाउने भन्ने विषयमा छलफल गरियो । जसमा बाँझो बारी राख्न नपाईने, दाना । दुग्ध वितरणमा सहजता ल्याउने,मलखादमा विशेष ध्यान दिने जस्ता निर्णयहरु गरियो
  • कोरोना सम्बन्धि केसको लागि एम्बुलेन्स सेवा निःशुल्क बनाइएको ।

 
सकारात्मक पक्ष

  • क्वारेन्टाईनको व्यवस्थापन गरेको ।
  • प्रचार प्रसार लाई नियमित गरेको । 
  • बकैया क्षेत्रमा आएका व्यक्तिहरुको निगरानी गरि  भारत वा कोरोना प्रभावित क्षेत्र बाट आएका व्यक्तिहरुलाइ र्यापिड टेष्ट गरि एको  ।
  • संस्कास्पद विरामी वा व्यक्तिको स्वाव परिक्षण गराईएको । 
  • समुदायमा नियमित निगरानी बढाएको ।
  • राहत वितरण कार्यलाई निरन्तरता दिएको ।
  • एम्बुलेन्स सेवालाई प्रभावकारी र निःशुल्क गरिएको ।
  • स्वास्थ्यकर्मीको पर्याप्तता ।

   
गर्न नसकिएको कार्यहरु

  • क्वारेन्टाईनको व्यवस्थापनमा पर्याप्त सामाग्रीहरुको व्यवस्था गर्न नसकिएकोे ।
  • स्थानिय स्तरमा स्वाब संकलन गर्न नसकिएको । 
  • खरिद प्रक्रीयाको जटीलता र बजारमा कालो बजारीका कारण सामग्रीको मुल्य वास्तविक भन्दा धेरै बढी भएकोले कोरोना संक्रमण रोकथामको लागि पर्याप्त सामाग्रीहरु नरहेको ।
  • छतिवन प्राथमिक स्वास्थ्य केन्द्रलाई कोरोना उपचार केन्द्र बनाउन नसकिएको ।

   
माथिल्लो निकायबाट गर्नुपर्ने कार्यहरु

  • क्वारेन्टाईनको व्यवस्थापनमा पर्याप्त सामाग्रीहरुको व्यवस्था गर्न नसकिएकोे ले सो को व्यवस्थापन गर्नुपर्ने ।
  • स्थानिय स्तरमा स्वाब संकलन गर्न आवश्यक व्यवस्था गर्नुपर्ने । 
  • पिपिई , मास्क र स्यानीटाईजरको पर्याप्त मात्रामा उपलब्धताको व्यवस्था गर्नुपर्ने ।
  • लकडाउनलाई अझ प्रभावकारी बनाउनुपर्ने ।
  • कोरोना उपचार र रोकथाममा स्थानीय जडीबुटीहरुको आधिकारीक माध्यामवाट प्रचार प्रसार गरिनुपर्ने ।

 आगामी योजना

  • छतिवन प्रथमिक केन्द्रको क्वारेन्टाईनलाई आइसोलेसन वार्ड वा कोरोना उपचार केन्द्रको रुपमा विकसित गर्ने ।
  •  प्रचार प्रसार लाई नियमित गर्ने । 
  •  बकैया क्षेत्रमा आएका व्यक्तिहरुको निगरानी गरि  भारत वा कोरोना प्रभावित क्षेत्र बाट आएका व्यक्तिहरुलाइ र्यापिड टेष्ट गरि क्वारेन्टाईनमा राख्ने ।
  • संस्कास्पद विरामी वा व्यक्तिको परिक्षण गराउने । 
  • समुदायमा नियमित निगरानी बढाउने ।
  • राहत वितरण कार्यलाई निरन्तरता दिने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।