कोरोना निको भएर अस्पतालबाट एकै परिवारका १८ जना डिस्चार्ज 

  • हजुरको खवर
  • सोमबार, जेष्ठ १२ २०७७ प्रकाशित

कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट गए राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएपछि उनीहरुलाइ डिस्चार्ज गरिएको हो । उहाँका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् । गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो ।  परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । हिजो १८ जना निको भएर घर फर्किएसँगै नारायणी र गण्डक कोभिड अस्पतालमा गरी ७२ जना संक्रमित उपचाररत छन् ।

पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् । यसअघि शनिबार पनि नाराणी अस्पतालबाट चार जना डिस्चार्ज भएका थिए । जसमध्ये एक जना भारतीय नागरिक थिए । उनीसँगै कोरोना परीक्षणका क्रममा पर्सामा संक्रमित देखा परेका तीन जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।  
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।