कोरोना टेस्ट बढाउन सरकारलाई आग्रह  ः लायन संजय खेतान

  • हजुरको खवर |
  • हजुरको खवर |
  • शनिबार, जेष्ठ १० २०७७ प्रकाशित

लायन्स क्लव ईन्टरनेशनलको डाईरेक्टर लायन ईञ्जिनियर संजय खेतानले कोरोना भाइरसको ल्याब टेस्ट तीव्रतापूर्वक अघि बढाउन सरकारलाई अनुरोध गर्नु भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि २ नेपालको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले कोरोनाले विश्व नै त्रासित भईरहेको अवस्था पनि लायनहरु एक भएर सामाजिक कार्यमा लागेको भन्दै सबैको प्रशंसा गर्नु भयो । 

Image may contain: 3 people, including Shambhu Nakarmi, indoorकोरोना भाईरसले गर्दा हजारौँ मानिसको ज्यान गईसकेको भन्दै परीक्षणको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले कोरोना भाईरसले अझै धेरै मानिसको ज्यान जान सक्ने खतरा रहेको भन्दै लायन्सले सरकारलाई सहयोग गर्नु पर्ने वेला आएको बताउनु भयो । कोरोनाले हामीलाई सँधै बाटो छेक्न नसक्ने भन्दै यसलाई जितेर जानुको विकल्प नभएको बताउनु भयो ।Image may contain: 3 people, people sitting

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।