कोरोना अपडेट : साउदी अरबमा आजदेखि लकडाउनमा छुट

  • हजुरको खवर
  • बिहीबार, जेष्ठ १५ २०७७ प्रकाशित

साउदी अरबमा आजदेखि लकडाउनमा छुट दिइएको छ । पछिल्लो साढे दुई महिनादेखि मुलुकमा जारी लकडाउनमा आजदेखि सउदी सरकारले छुट दिन थालेको हो । सउदीमा आजदेखि २४ घन्टे कफर््यूमा छुट दिइने, सिमित सयमका लागि मस्जिदहरु खोलिने र सरकारी कर्मचारीलाई काममा फर्किने व्यवस्था गरिएको छ ।

तर, मक्कामा भने लकडाउन अझै जारी रहनेछ । साउदी अरब, खाडी मुलुक अन्तर्गत महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । साउदी अरमा हालसम्म ६५ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।