कोरोनाबाट बच्न लियो भुटनदेविले सडकमा जनचेतना सहित निशुल्क माक्स तथा ग्लोबस् वितरण 

  • हजुरको खवर
  • शनिबार, आषाढ १३ २०७७ प्रकाशित


लियो क्लब अफ हेटौंड भुटनदेविले कोरोना भाइरसबाट बच्नको लागि जनचेतना मुलक सन्देश प्रवाह गर्दै निशुल्क माक्स तथा ग्लोबस् वितरण गरेको छ । लियो क्लब अफ भुटनदेवि वर्ष २०१९÷२० का अध्यक्ष लियो रुपक कालिराजको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आथित्यता,जिल्ला खेलुद विकास समितिका अध्यक्ष सानु लामाको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
हेटौंडा ४ कर्रामा भएको कार्यक्रममा ५ सय माक्स र ३ सय ग्लोबस वितरण गरिएको कार्यक्रम संयोजक मनोज चौलागाईले जानकारी दिए । हेटौंडामा पर्ने पूर्व पश्चिम राजमार्गमा आवतजावत गर्ने सवारी चालक तथा यात्र्हरुलाई माक्स वितरण गर्दै कोरोना भाइरसबारे सचेतना गराईएको थियो ।Image may contain: 1 person, standing
कार्यक्रमका प्रमुख अतिथि सिग्देलले सामाजिक क्षेत्रमा लियोहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले लियो तथा लाईन्सले गरेको कार्य प्रति आफु जानकार रहेको बताउँदै लियोले समाजमा खेलेको भुमिकाको खुलेर प्रसंशा गर्नु भयो । 
उहाँले जिवनमा महत्वपूर्ण कुरा भनेको समय हो,ति समयलाई हामी जस्ता युवाहरुले सदुपयोग गर्नु आजको आवश्कता रहेको बताउनु भयो । लियो लायन्स सँग सहकार्य गरेर अगाडी बढ्ने बताउनु हुँदै नयाँ निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनु भयो ।  
खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले कोरोनाबाट त्रासीत भईरहेको बेला यस्ता सचेतना कार्यक्रमले आम मानिसहरु सजग रहन मदत पुग्ने बताउनु भयो । उहाँले युवाहरुलाई नेतृत्व विकास गर्नमा लियोले अह्म भूमिका खेलेको उहको भनाई थियो । लियोलाई सग्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यको शुभकामना व्यक्त गर्नु भयो । 
लियो जिल्ला ३२५ बि २ नेपालका नवनिर्वाचित कोषाध्यक्ष राजन श्रेष्ठले क्लबले गरेको कार्य फरक र पृथक गर्दै आईरहेको भन्दै नँया कार्य समितिले पनि नँया र भिन्न कार्यक्रमहरु गर्नेमा विश्वास रहेको बताउनु भयो । यस्तै लियो जिल्ला ३२५ बि २ नेपाल वर्ष २०१९÷२० का जिल्ला निर्देशक अनिल अधिकारीले भुटनदेवि लियो जिल्लाकै उत्कृष्ट क्लबको उपमा पाएको भन्दै यो उपमा कायम राख्नेमा विश्वास गर्नु भयो । सो कार्यक्रममा विभिन्न लियो क्लबका पदाधीकारी संघसंस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।