उपचार सेवामा कुनै कमी हुन दिने छैनौँ : स्वास्थ्य प्रमुख महतो (हेर्नुस् अन्तरवार्ता सहित)

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ २८ २०७८ प्रकाशित

कोरोनाको बिरामीको घरघरमा पुगेर मनोपरामर्श सहितको स्वास्थ्य उपचार गरिरहेको कैलाश गाउँपालिकाका स्वास्थ्य प्रमुख श्याम सुन्दर महत्तोले बताउनु भयो । उहाँले हजुरको खबरसंग कुराकानी गर्दै महतोले कोरोनाबाहेकका बिरामीका लागि फोनबाट उपचार सेवा दिइरहेको बताउनु भयो ।


    ‘ओपीडी भनेर सञ्चाल गरेका छैनौं । तर, आएका बिरामीको उपचार गरिरहेको छौं,’ उहाँले भन्नुभयोे'ओपीडीका डाक्टर÷नर्स पनि काममा खटिनुभएको छ । हाल सवारीसाधन बन्द छ । टाढाबाट बिरामी आउन सक्नुहुन्न । त्यस्ता बिरामीका लागि फोनबाट उपचारसेवा दिएका छौं । कोरोनाको शंका लागेमा हामी प्रत्यक्ष पुगेर चेक गरिरहेको र फोनबाट पनि परामर्श दिइरहेको उहाँको भनाइ छ ।
    ‘टाढाबाट बिरामी आउन सक्नुहुन्न,’ उहाँले भन्नुभयो,'फलोअपमा आउन पाउनुभएको छैन । त्यस्ता बिरामीका लागि फोनबाटै उपचार सेवा दिएका छौं । के गर्ने, कुन औषधि खाने, सबै फोनबाट सल्लाह दिने गरेका छौं । त्यसका लागि सबै स्वास्थ्यकर्मीको नम्बर र सम्बन्धित डाक्टरको नम्बर दिएका छौं । ‘गारोसारो भए कल गर्नुस्, घरसम्म आइपुग्छौं भन्दै २४ घण्टा सेवा दिन तयारी छौं,’ उहाँले भन्नुभयो ।

  उहाँले पालिकामा हालसम्म १ सय २१ जनामा कोरोना पोजेटिभ पुष्टि भएकोमध्ये हाल २१ जना उपचाररत रहेको बताउनुभयो । पािलकामा हालसम्म कसैको पनि कोरोनाबाट मृत्यु नभएको उहाँले बताउनु भयो  ।
    गाउ“पालिकामा रहेकोे स्वस्थ्य संस्थाले कोरानाबाट जोगिन सतर्कता अपनाएको छ । आमनागरिकलाई पनि सचेत गराउने काम गरिएको छ । वेवसाइट, पम्प्लेट र सामाजिकसञ्जालबाट पनि सचेत गराउने गरिएको स्वास्थ्य प्रमुख श्यामसन्दर महतोले बताउनु भयो । उहाँले पालिकाभर हालसम्म १ सय २१ जनामा कोरोना संक्रमण भएको र उनीहरुको अवस्था सामान्य रहेको बताएका छन् ।
    उहाँले भन्नुभयो,–हाल ट्रेसिङमा जोड दिएका छौं, टेलिफोनबाट उनीहरुलाई प्रश्न गर्ने गरेका छौं । उनीहरुले दिने जवाफका आधारमा क्वारेन्टाइनमा बस्नुपर्ने हो कि, आइसोलेसनमा बस्नुपर्ने हो, वा घरमै बस्ने, के गर्दा हुन्छ, त्यो उपाय सिकाइरहेका छौं ।

डराउँछन संक्रमित 
    कोरोनाको शंका लागेर पनि अस्पताल आउन डराएका संक्रमित छन् । समाजले फरक दृष्टिले हेर्छ भन्ने डरमा उनीहरु क्वारेन्टाइन बस्न मानेका छैनन् । उनीहरुलाई सतर्क भएर बस्न र क्वारेन्टाइनमा बस्नु भनेको आफू बा“च्नु र अरुलाई पनि बचाउनु हो भन्दै सिकाइरहेको उहाँको भनाइ छ । ‘हरेक व्यक्तिले सजकता अपनाऔं । सबै मिलेर र डटेर कोरोनाको सामना गरौं,’ उहाँले भन्नुभयो ।

May be an image of 2 people, child, people standing and outdoors

इमर्जेन्सी २४ घण्टा
    ‘इमर्जेन्सीबाट २४ घण्टा नै उपचार सेवा दिइरहेका छौं । सामान्य बिरामी पनि आउ“छन् । कोही दुर्घटना भएर आउ“छन् । डेलिभरी केस आउ“छ । सबै बिरामीको उपचार गरिरहेका छौं । उपचार सेवामा कुनै कमी हुन दिने छैनौं,’ उहाँले भन्नुभयो ।
    
आइसोलेसनका स्वास्थ्यकर्मीलाई गाँसबास
    पालिकाको आइसोलेसनमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मीलाई गाँसबास व्यवस्था मिलाएको छ । पालिका उपाध्यक्ष सुकुमाया थिङले कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखिएकालाई हेरचाह गर्ने स्वास्थ्यकर्मीका लागि अस्पतालमै खाने र बस्ने व्यवस्था मिलाइएको बताउनु भयो ।No description available.
    उहाँले भन्नुभयो,“अन्यले भने अस्पतालमा बस्नुपर्दैन । जो आइसोलेसनमा बस्ने हो, ती स्वास्थ्यकर्मीका लागि गा“सबासको व्यवस्था गरिएको छ । पालिकाले ५० प्रतिशत भत्तासमेत व्यवस्था गरेको उहाँले बताउनु भयो । पालिकाले आवश्यक पर्ने पीपीईको व्यवस्था गरेको छ । हाल आइसोलेसनमा कोरोनाको आशंकामा ३ जनाको उपचार भइरहेको छ ।

हेर्नुस् अन्तरवार्ता 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।