कोरोनाको कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ५६ लाख पुग्यो 

  • हजुरको खवर
  • शुक्रबार​, माघ ७ २०७८ प्रकाशित

मकवानपुर ÷ विश्वभर कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ५६ लाख नजिक पुगेको छ । विश्वभर कोरोनाका कारण हाल सम्म ५५ लाख ९३ हजार ९ सय ३५ पुगेको छ । विश्वभरि कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ३४ करोड ३३ लाख ८७ हजार पुगेको छ । 
यस्तै विश्वभर कोरोना भएर पनि २७ करोड ६४ लाख ६२ हजार मानिसहरू उपचार पछि स्वस्थ भएका छन् । कोरोनाको कारण अमेरिकामा सबैभन्दा धेरै ८ लाख ८३ हजार मानिसको मृत्यु भएको छ । यस्तै भारतमा कोरोनाको कारण ४ लाख ८८ हजारको मृत्यु भएको छ । यसैगरि ब्राजिलमा कोरोनाकै कारण ६ लाख २२ हजारको मृत्यु भएको छ भने रसियामा ३ लाख २४ हजारको कोरोनाको कारण मृत्यु भएको छ । बेलायतमा १ लाख ५३ हजार मानिसहरुको मृत्यु भएको छ भने फ्रन्समा १ लाख २८ हजारको मृत्यु भएको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।