कैलाश गाउँपालिका : स्वास्थ्यकर्मीलाई गाँस वाँसको व्यवस्था सहित ५० प्रतिशत भत्ता

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ २८ २०७८ प्रकाशित

कैलाश गाउँपालिकाको आईसोलेशनमा काम गर्ने स्वास्थ्यकर्मीलाई गाँस वासको व्यवस्था मिलाएको छ । हजुरको खबरसंग कुराकानी गर्दैै गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखिएका बिरामीलाई हेर्ने स्वास्थ्यकर्मीका लागि अस्पतालमै खाने बस्ने व्यवस्था मिलाइएको बताउनु भयो । 
उहाँले भन्नुभयो,“अरुले भने अस्पतालमा बस्नु पर्दैन । जो आइसोलेसनमा बस्ने हो । त्यो स्वास्थ्यकर्मीको लागि गाँस र वासँको व्यवस्था गरिएको हो ।” पालिकाले ५० प्रतिशत भत्ता समेत व्यवस्था गरेको बताउनु भयो । पालिकाले आवश्यक पर्ने पीपीई सुरक्षा कवजको व्यवस्था समेत गरिएको छ । हाल आइसोलेशनमा कोरोनाको आशंकामा ३ जनाको उपचार भइरहेको छ । कतिको रिपोर्ट नेगेटिभ आएको छ । हाल १२१ जना कोराना संक्रमण रहेका छन ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।