कैलाश गाउँपालिकाको योजना : १ वर्ष भित्रमा गाउँगाउँमा निशुल्क इन्टरनेट सेवा

  • हजुरको खवर
  • बुधबार, आषाढ २४ २०७७ प्रकाशित

कैलाश गाउँपालिकाले गाउँपालिकाको मुख्य मुख्य स्थान, बजार केन्द्रहरुमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । गाउँपालिकाको छैठौ गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले पेश गर्नु भएको नीति, कार्यक्रम तथा बजेटमा एक बर्ष भित्र मुख्य मुख्य स्थान, बजार केन्द्रहरु निशुल्क नेटको सेवा विस्तार गरिने उल्लेख गरिएको छ । 


यस्तै आगामी १ बर्ष भित्र कैलाश गाउँपालिकाका सरकारी कार्यालयहरुमा कम्प्यूटर तथा इन्टरनेटको माध्यम बाट सेवा प्रवाह समेत गरिने भएकोेछ । यस्तै पालिकाले चौमासिक रुपमा गाउँपालिकाको यर्थात आयव्याय र प्रगति विवरण सहितको सार्वजानिक सुनुवाई तथा सार्वजानिक परिक्षण कार्यक्रम आम उपभोक्ता सरोकार वाला संघ संस्था र आम संचार माध्यामको रोहबर गरिने जनाएको छ । यस्तै गाउँपालिकाले गरेको गतिविधि झल्किने जानकारी मुलक चौमासिक बुलेटिन समेत प्रकाशन गरिने उपाध्यक्ष सुकुमाया थिले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।