कैलाश गाउँपालिकाको भवन निमार्ण कार्य तिव्र गतिमा, जिसस प्रमुखद्धारा अनुगमन

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ २८ २०७८ प्रकाशित

मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तीब्र रुपमा अघि बढेको छ । गाउँपालिका केन्द्र रहेको वडा नं. ३ कालिकाटारमा ३ रोपनी जमिनमा कुल ३ करोड १८ लाख ५३ को लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भईरहेको हो।
तीन तल्ले भवनमा,सभाहल, सानो सभाकक्ष,स्टोर कोठा,शौचालय गरि २८ वटा कोठा, ठूला तथा साना सवारीका लागि पाकिङ, खेल मैदान, सेवाग्राहीका लागि प्रतिक्षालय रहने कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले बताउनु भयो । उनका अनुसार, भवन निर्माण तिव्र गतिमा भईरहेको छ । उहाँले भन्नुभाये,“हाल सम्म ६० प्रतिशत काम सम्पन्न भईसकेकोछ, र अब भित्री काम मात्रै वाँकी छ ।” कोरोना महामारी  र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामग्री अभाव हुँदा पनि निर्माण कार्य चलिरहेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले आफ्नै अत्याधुनिक भवनबाट कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरीयता बढने विश्वास व्यक्त गर्नु भयो । आगामी २०७८ साल पुस ७ गते सम्पन्न गर्ने गरी भवन निर्माणको सम्झौता भएको छ । भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनी सिस्टमेटिक ईन्जिनियरिङ एसोसिएट कन्सल्टेन्सी प्रालि काठमाडाले अहिलेको प्रगति अनुसार सम्झौता गरेकै समयमा निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न सकिने जानकारी दिएको छ । 
अस्थायी भवनबाट सञ्चालित पालिकाको प्रशासकीय भवन समेत केहि समयअघि आगलागी भएर समस्या भइरहेको अवस्थामा भवन निर्माणका लागि जिससले सहयोग गरेको हो । गाउँपालिकाको प्रशासकीय भवन र स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामलाल घलान, सिंगराम घलान र गोविन्द पाठकले जग्गादान गर्नुभएको थियो ।  

जिससका प्रमुख रघुनाथ खुलालद्धारा अनुगमन
जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले कैलाश गाउँपालिकाको कार्यालय भवनको अनुगमन गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले जिससको मौजदात कोषबाट निमार्ण भएको पालिको भवन अनुगमन गरेको हो । प्रमुख खुलालले तोकिएको समयमै भवन निर्माण सम्पन्न गर्ने र भवनको गुणस्तरमा ध्यान दिन आग्रह समेत गर्नुभयो । सो भवन निमार्ण भएपश्चत सेवाप्रवाह प्रभावकारी हुने विश्वास समेत व्यक्त गर्नुभयो । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, शाखा अधिकृत भीमलाल महर्जन, भुकम्प पूननिर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वय ईकाई (भवन) का विष्णु अर्याल, रविन पाठक, जिससका नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, लेखापाल अर्जुन दाहाललगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।