कैलाश गाउँपालिकाको कार्यालयमा बिद्युत सर्ट, जलेर ध्वस्त (हेर्नुस् तस्विरहरु)

  • हजुरको खवर
  • बिहीबार, जेष्ठ १५ २०७७ प्रकाशित

मकवानपुरको विकट कैलाश गाउँपालिकाको भवन आज बिहान जलेर नष्ट भएको छ । कैलाश गाउँपालिका–३, कालिकाटारस्थित गाउँपालिकाको प्रशासनिक भवन जलेर पूर्ण रुपमा नष्ट भएको गाउँपालिकाका अध्यक्ष टंक बमोक्तानले जानकारीस् दिनु भयो । गाउँपालिकाको सौर्य उर्जा प्रणालीमा सर्ट भई आगजनी भएको उहाँको भनाई छ ।

आज बिहान गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्य उर्जा प्रणालीमा सर्ट भई आजगनी भएको थियो । आजगनी भएसँगै भवनबाट सबै बाहिर निस्किएका थिए । गाउँपालिकाको प्रशासनिक भवन १८ कोठाको प्रिफ्यावको निर्माण गरिएको थियो । आगलागीबाट गाउँपालिकाका सबै कागजपत्र, जिन्सी सामान समेत नष्ट भएको उहाँले बताउनु भयो ।

कैलाश गाउँपालिकाको प्राकृतिक ...Image may contain: mountain, sky, cloud, outdoor and natureImage may contain: one or more people, mountain, sky, outdoor and natureस्बिर शिव काशी रिजालImage may contain: mountain, sky, house, tree, grass, outdoor and nature

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।