मकवानपुरको कैलाश गाउँपालिकाको कार्यपालिकाको बैठक १४ गते बस्ने गरि स्थगित भएको छ । बैठक संचालनमा ढिला सुस्ती र अव्यवस्थित भएपनि सुधार नभएको भन्दै सुधारका हुने अपेक्षा सहित केहि कार्यपालिका सदस्य बैठकबाट बाहिरिएका थिए ।
९ जना कार्यपालिका सदस्यहरुले बैठक समयमा हुन नसकेको भन्दै एक विज्ञप्ति निकालेर निस्केका थिए । कैलाश गाउँपालिका वडा नम्बर –१ का वडा अध्यक्ष पेमा योञ्जन, कैलाश–२ का वडा अध्यक्ष राजेन्द्र घिसिङ,५ का वडा अध्यक्ष छेकु लामा,कैलाश–६ का वडा अध्यक्ष ठूलोकान्छा लामा , वडा नम्बर –७ का वडा अध्यक्ष उदास भोलोन,वडा–९ का वडा अध्यक्ष सुमन लटौला, कैलाश–१० का वडा अध्यक्ष मानिकलाल मुक्तान र वडा सदस्यहरु आशिष प्रजा र लक्ष्मी मोक्तानले हस्ताक्षरमा बिज्ञप्ति निकालिएको हो ।
उनीहरुले पटक गाउँ कार्यापालिका बैठक संचालनमा ढिला गरेको,बैठकका लागि २ घण्टा कुर्दा समेत बैठक सुचारु नभएपछि बाध्य भएर बैठक बहिस्कार गर्नु परेको वडा नम्बर ५ का वडा अध्यक्षका छेकु लामाले जानकारी दिनु भयो ।
गाउँपालिका प्रमुख प्रसाशकिय समयमा उपस्थित हुन नसक्दा समय मै बैठक संचालन हुन नसकेको र अरु कुनै समस्य भएर नभएको कैलाश ३ का वडा अध्यक्ष देवलाल बलले जानकारी दिनु भयो ।
यस बिषयमा गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत राम प्रसाद शर्मालाई बुझ्दा आजको दिन धेरै कार्यक्रम परेको र मेरो परिक्षा समेत परेको हुनाले केही समय ढिला हुन पुग्यो साथीहरू जानू भएछ । अब १४ गते पुनः बैठक राख्ने गरि निर्णय भएको उहाँले जानकारी दिनु भयो ।
यसअघि, फागुन ६ गतेका लागि बोलाईएको कार्यपालिका बैठक कोलम नपुगेको कारण स्थगित गरिएको थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।