कैलाशका धर्म सुबेदीको....फूल फूल्यो बाटैमा" बजारमा (भिडियो सहित)

  • हजुरको खवर
  • बुधबार, पौष २९ २०७७ प्रकाशित

मकवानपुरको कैलाश गाउँपालिका-६, पकनीका धर्मराज सुवेदीले नँया गीत बजारमा ल्याएका छन् । ...फूल फुल्यो बाटैमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । सुवेदीको शब्द संगित र सुवेदीकै स्वरमा रहेको गीतमा गायक कल्पना तामााङले साथ दिएकी छिन् । म्युुजिक भिडियोमा रोशनी बखती,सानू तामाङ, मनिस लामा र सचिन लामाले अभिनय गरेका छन् । 
सरोज शाहीको निर्देशनमा बनेको म्यूजिक भिडियोमा छ्यन्कन डेनिश खनाल, कोरियोग्राफर तिलक शाही, रेर्कडिङ र मिक्सिङ रुबिन मगर, यरेन्जर राकेश सोनीले गर्नु भएको हो । गित रेकड मञ्जरि डिजिटल रेकर्डीङ स्टुडियोमा गरेको हो भने हाईलाइट नेपालबाट सार्वजनिक भएको यस गीतको भिडियो निराजन केसिको मिक्सिङ रहेको छ । 
सानै उमेरदेखि साहित्य क्षेत्रमा कलम चलाउनदै आएका सुवेदीले धेरैवटा गीतमा रचना गरिसकेका छन् । सार्वजनिक भएपछि सुवेदीले हजुरको खबरसंग कुराकानी गर्दै गीतको भिडियो धेरै राम्रो बनेको भन्दै सबैले हेरेर सल्लाह तथा सुझाव दिनको लागि आग्रह गर्नु भयो ।
सुवेदीले गितहरुमा संगित गर्ने देखि गितहरुमा अभिनय समेत गरिसकेका छन् भने टेलिसिरियलमा समेत आफ्नो प्रतिभा देखाउदै आईरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।