कैलाशका क्यान्सर पीडित दिपेश मगर अस्पतालमा छटपटाउँदै,सहयोगको लागि परिवारको अपिल

  • हजुरको खवर
  • शुक्रबार​, कात्तिक ५ २०७८ प्रकाशित

कैलाश ÷ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर—६ को दिपेश दलार्मी भक्तपुरको क्यान्सर हस्पिटलमा उपचार छन् । थाईमोमा क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका मगरलाई थप उपचारमा रकम अभाव भएपछि उहाँको परिवार चिन्तित बनेको छ । 
उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । विश्वनिकेतमा कक्षा १२ अध्ययनरत मगरलाई मुटुकलेजोको बिच थाईमोमा क्यान्सर भएपछि परिवारजनले लाखौँ खर्च गरिसकेको छ । 
टेकु हस्पिटल, टिचिङ हस्पिटल हुँदै नेपाल क्यान्सर हस्पिटलमा उपचार संम्भव नभएपछि हाल उनको काठमाडौंस्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको मगरकोका दाई तुलराव दर्लामी मगरले बताउनु भयो । 
खोकी लाग्ने छाती दुख्ने भएपछि उपचारको लागि टेकु हस्पिटल लगेका थियौं, उनका दाई तुलराजले भन्नुभयो,“ डाक्रटरले सामान्य हो भन्दै औषधी दियो, केहि महिना पछि जटिल भईसकेछ। अनि नेपाल क्यान्सर हस्पिटलमा शल्यक्रिया गर्दा थाईमोमा क्यान्सर भएको पुष्टि गरिदियो उपचार गर्दा एक दिनमा मै करिब एक लाख खर्च भएको थियो । त्यस पछि नसक्ने भएर भक्तपुर क्यान्सर हस्पिटलमा लगेर उपचार गर्न सुरु गरेको आज २ वर्ष भईसकेको छ ।  
सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएका दिपेश मगरका दाईले  भाईको उपचारमा आर्थिक खर्च जुटाइदिन सबैसमक्ष आग्रह गर्नु भएको छ । 
डाक्टर उज्वल चालिसेको भनाईलाई उदृत गर्दै उहाँले भन्नुभयो,“भाईको उपचारको लागि किमो इन्जेक्सन प्रयोग गरेर २१ दिनको अन्तरमा लगाईराख्नु पर्छ ।, हाल सम्म १५ लाख खर्च भईसकेको दाई तलराज दर्लामी मगरले बताउनु भयो ।  
पिडितका अर्का दाई उमेश दलार्मी मगरले हजुरको खबरलाई भन्नुभयो,“भाई बचाउनको लागि धेरै प्रयास गरिरहेका छौँ,हामी पनि निम्न परिवारको व्यक्ति हौँ,हाल सम्म धेरै खर्च भईसकेको छ,घरजंग्गा समेत वैँकमा राखेर उपचार गरिरहेका छौँ अब त्यसले पनि नपुग्ने भयो।अब भगवान भरोसामा छौँ भन्दै दुख व्यक्त गर्नु भयो ।
उपचारको लागि गाउँपालिकाले १ लाख सहयोग गरेको थियो त्यसले एक पटक औँषधी र किमो गर्न मात्रै पुग्यो दाई तुलराज दर्लामी मगरले आँखाभरि आँसु पार्दै भन्नुुुभयो,“अब के गर्ने भन्ने कसो गर्ने भनेर सोचिराको छौँ,सबैको सहयोगको अपेक्ष गरेकोछु। आशा छ सबैले भाईलाई सहयोग गरि बचाईदिनुहुनेछ ।”No description available.
दिपेश बचाउ अभियान संचालन शुरु गरेको छ । अभियान संचालन गरिरहँदा कैलाश गाउँपालिका —६ का इन्द्रमान वाइवा (कोरिया)ले २० हजार, थाहानगर पालिका—७ का लाल बहादुर गोले (हाल मलेसिया)ले ८ हजार र अनिल श्रेष्ठ (धादिङ) २ हजार सहयोग गर्नु भएको र वाँकी विभिन्न दाताहरुले सहयोग गरेका पिडित दिपेशले हामीलाई बताउनु भयो । हाल अभियान स्वरुप चन्दा रसिद छपाएर आर्थिक संकलन गर्न शुरु गरिएको छ । हाल सम्म ४० हजार रकम उठेको परिवारले बताएको छ । 
दिपेश दर्लामी मगरको एनआईसि यसिया बैँक टेकु ब्रान्चको खाता नम्बर ४३८७९६२३३७२५२०१ र मोवाईल नम्बर ९८६०५८८६५९ र ९८४३१४६९४३ मा सम्र्पक गरि सहयोग गर्न सक्नुहुनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।