काठमाडौं विश्व विद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरूले १ लिटर पेट्रोलबाट १५० किलोमिटर भन्दा बढी दुरी चल्न सक्ने गाडी बनाएका छन् । मेकानिकल इन्जिनियर ब्याचलर चौथो वर्षमा पढ्ने ८ जना र तेस्रो वर्षमा अध्ययनरत १ जना गरी ९ जना विद्यार्थी मिलेर उक्त गाडी बनाएका हुन् ।एक वर्ष लगाएर उनीहरूले उक्त गाडी बनाएका हुन् । सुमन पाठक, विवेक बराल, अभिषेक सुवेदी, सुमन तिमिल्सिना लगायतका विद्यार्थीहरूले एक वर्ष लगाएर उक्त गाडी बनाएका हुन् । त्यसका लागि एसोसिएटेट प्रोफेसर हरी ढकालले सहजीकरण गरिदिएका थिए ।हुन त सन् २०१९ देखि नै यो गाडी बनाउन थालिएको थियो । अहिलेका विद्यार्थीहरूले नयाँ नयाँ प्रविधिको भरपूर प्रयोग गरेका छन् । उनीहरूले मोडिफाइ गर्दा २ लाख ५० हजार रूपैयाँ जति खर्च गरेका छन् । गाडी बनाउँदा अहिलेसम्म लेवर खर्च बाहेक ६ लाख रूपैयाँ जति खर्च भइसकेको छ । सिनियर दाइहरुले बनाउनुभएको थियो । अहिले हामीले त्यसैलाई मोडिफाई गरेका हौं । यसलाई मोडिफाई गरेर बढी माइलेज दिन सकिने बनाएका हौं,’ सुमनले भने ।यो गाडीलाई उनीहरूले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘सेल इको म्याराथन’ मा सहभागी हुन बनाएका हुन् ।इण्डोनेशियामा ११–१५ अक्टोबरमा हुने प्रतियोगिताका लागि उक्त गाडीसहित नेपालबाट प्रतिनिधित्व गर्न लागेको सुमनको भनाइ छ । त्यहाँ लैजानको लागि उनीहरूलाई आर्थिक अभाव देखिएको छ ।अहिले विभिन्न निकायबाट आर्थिक सहयोग लिइरहेका छन् ।‘म्याराथनमा प्रतिस्पर्धाका लागि यही अक्टोबर १० मा इण्डोनेशियामा लैजान्छौं । तर, अहिले सिपमेन्टको खर्च एकदम महंगो भएकाले गाडी लैजान समस्या देखिएको छ । नेपालबाट लगेर म्याराथनमा सहभागी भएर पुनः नेपाल ल्याउन १२ हजार ४०० डलर खर्च लाग्नेछ,’ सुमनले भन्नुभो । त्यसमा उनीहरू जान आउन छुट्टै खर्च लाग्नेछ । त्यसका लागि अहिले विभिन्न निकायबाट सहयोग संकलन गर्ने काम भइरहेको उनको भनाइ छ । एकदम महँगो भएकाले आफ्नै खर्चमा गाडी लैजान सकिने अवस्था नरहेको उनको भनाइ छ । उक्त गाडीको ढुवानी र टिकटका लागि आर्थिक सहयोग गरिदिने स्पोन्सरहरूको खोजी कार्य भइरहेको भए पनि पर्याप्त मात्रामा रकम उठ्न नसकेको उनको भनाइ छ । ‘अहिलेसम्म काठमाडौं विश्वविद्यालय र अन्यबाट गरेर सहयोग गरेका छन् । त्यो पनि अपुग नै छ । अझै ६ लाख जति अपुग छ । सहयोग आउने क्रम जारी छ,’ सुमनले भन्नुभो ।उक्त म्याराथनमा तीन समूहका गाडीले भाग लिन पाउँछन् । हाइड्रोजन, पेट्रोल र ब्याट्रीबाट चल्ने गरी तीन समूहका गाडीले प्रतियोगितामा भाग लिन पाउने उनको भनाइ छ । पेट्रोलबाट चल्ने धेरै माइलेज दिने उक्त गाडी नेपालमा पहिलो भएको सुमनको दाबी छ । यो गाडी बनाएपछि यतिबेला उनीहरूलाई थुप्रै खालका प्रश्न आइरहेका छन् । जसमा नेपालको रोडमा चलाउन सानो भयो ? व्यापारिक प्रयोजनको लागि आउँछ कि आउँदैन ? जस्ता प्रश्न उनीहरूलाई आइरहेका छन् । ‘यसमा कम्पिटिसनको आफ्नै डिजाइन हुन्छ । मापदण्ड तोकिएको हुन्छ । त्यही अनुसार बनाउनुपर्छ । रिड बुक हुन्छ त्यसैलाई फ्लो गरेर बनाउँदा यस्तै आकारमा आएको हो,’ सुमनले भन्नुभो । यो गाडीमा १ जना मात्र बस्न मिल्छ । यदि आवश्यक परेको खण्डमा बजारीकरण गर्नका लागि ठूलो गाडी बनाउन सकिने उनको भनाइ छ । ‘अहिले त हामीले म्याराथनको लागि भनेर बनाएका हौं । आवश्यक प¥यो भने ४/५ जना बस्न मिल्ने र अन्य प्रयोजनको लागि पनि बनाउन सकिन्छ,’ सुमनले भन्नुभो । उक्त गाडीलाई सन् २०१९ देखि नै बनाउन थालिएको थियो । त्यो बेलाका मेकानिकल इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूले बनाएका थिए । त्यही गाडीलाई अहिलेका विद्यार्थीहरूले माडिफाई गरेर थपस्तरीय बनाएका हुन् । सन् २०१९ मा मलेसियामा आयोजना भएको ‘सेल इको म्याराथन एसिया २०१९’ मा समेत उक्त गाडी लगिएको थियो ।काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूले केयू १.० नामक प्रोटोटाइप भेइकल डिजाइन गरेका थिए । केयू १.० मा ५० सीसी फोर स्ट्रोक ग्यासोलिन इन्जिन थियो । तर, त्यो बेला कुनै पनि अवार्ड जित्न सकेको थिएन ।त्यही भेइकललाई मोडिफाई गरेर थप गुणस्तरीय बनाइएकाले यस पटक अवार्ड जितेर आउनेमा टिम आशावादी छ । उक्त गाडीमा उच्च माइलेजका लागि आधुनिक इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (ईएफआई) तथा थोरै सीसी प्रयोग गरिएको छ । सन् नेपालबाट पहिलो पटक केयूको टिम जुनकिरी सहभागी भएको थियो । यसका लागि डिपार्टमेन्ट अफ मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरूले वर्ष दिन भन्दा बढी समय लगाएर प्रोटोटाइप भेइकल तयार पारेका थिए ।टिम जुनकिरीमा डिपार्टमेन्टका एसोसिएट प्रोफेसर डा. डेनियल तुलाधरसहित टिम म्यानेजर सागर थापा, मिलन पाठक, नितेश यादव, इशान ताम्राकार, मदन क्षेत्री लगायत सहभागी थिए । साभार रातोपाटी
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।