काङ्ग्रेस मकवानपुरका सभापति उम्मेदवार लामिछानेले सहयोग गरे पानीको पाइप

  • हजुरको खवर
  • मङ्गलबार, फागुन ३ २०७८ प्रकाशित


हेटौंडा, ३ फागुन÷नेपाली कांग्रेस मकवानपुरको सभापति पदका उम्मेदवार जयराम लामिछानेले भीमफेदी गाउँपालिका वडा नम्वर ५ मा खानेपानीको लागि पाइप सहयोग गरेका छन् ।  मंगलबार उनले १५ सय मिटर खानेपानी पाइप स्थानीयलाई हस्तान्तरण गरेका छन्।
‘खानेपानीको पाइप फुटेर आक्रान्त भएपछि गाउँबासीले पानी खान प¥यो भनेर गुनासो गरे ।’ उनले भने –‘गाउँको लागि भनेर पानीको पाइप सहयोग गरेको हु ।’ ‘मानिसको लागि आवश्यक पर्ने तत्व पानी र अक्सिजन हो । यो भएन भने हामी बाच्न सक्दैनौँ । यो जीवनमरणको तत्व हो’–उनले भने। यसैगरी भीमफेदी गाउँपालिका वडा नम्वर ५ मा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्वर ५ का उपसभापति सिंहबहादुर पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता ईश्वर पाठक, इन्दिरा न्यौपाने, तारा कार्कीलगायतको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।