कांग्रेस सांसद नरोत्तम वैद्यलाई तत्काल कार्वाही गर्नुपर्छ नत्र जे पनि हुन सक्छ : अखिल फोर्स प्रमुख मनिश मान श्रेष्ठ

  • हजुरको खवर
  • आइतबार​, जेष्ठ ३० २०७८ प्रकाशित

युवा विधार्अी नेता तथा अनेरास्ववियु मकवानपुर अखिल फोर्स प्रमुख मनिश मान श्रेष्ठले प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसद नरोेत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने अभिव्यक्ती दिदै गर्दा FREEDOM OF SPEECH भनेको यै नै हो त भन्ने प्रश्न उठेको बताउनु भयो । उहाँले  STAND UP COMEDY मा व्यङ्ग्यगर्ने कलाकार समेतलाई  गिरफ्तार गरेको हामीले देखेका छौँ तर प्रदेश सभाको पोडियममा उभेर खुलेआम देशको प्रधानमन्त्रिलाई ज्यान मार्ने चेतावनी दिदाँ आज किन प्रशासन मौन देखिन्छ ? भन्दै प्रश्न् गरेका छन् ।

गणेश लामा जस्ता गुण्डा नाइकेलाई रिहा गर्न बागमती प्रदेश बिपक्षि दलका नेता इन्द्र बहादुर बानियाँको विज्ञप्ति निस्क्किनु र भोलि पल्टै सभामा खुलेआम ज्यान मर्ने खालको अभिव्यक्ति आउनु भनेको नेपालि  काङ्ग्रेस अब शान्ति पूर्ण राजनीतिबाट हटेको प्रमाणित गर्छ उहाँले भन्नुभएको छ । 


यो अभिवक्तिले हामीलाई सोचनिय बाध्य बनाएको  छ,श्रेष्ठले भन्नुभयो, के दरबार हत्याकाण्ड र दास ढुंगा घटना घटाउनु नेपाली काङ्ग्रेसको सड्यन्त्र त हैन ? र फेरी दास ढुंगा जसरी प्रधानमन्त्रीलाई मार्ने सजिस गरेको त हैन ? बैद्यलाइ हिरासतमालिई आवश्यक कारवाही ९फौजदारी मुद्दा तथा ज्यान  मर्ने उद्योग० र अनुसन्धान गलार्न ? ।
अखिल फोर्स मकवानपुर सम्बन्धित निकायको ध्यानाकर्षण गराउछौ साथै प्रधानमन्त्रीको सुरक्षामा थप ध्यान दियियोस् । उहाँले यदि छिटो भन्दा छिटो आवश्यक कारवाही हुदैन भने हामि आम युवा विधार्थीले जान स्थर बाटनै कारवाही गर्ने समेत चेतावनी दिनु भएको छ ।  उहाँले भन्नुभयो 'वैद्यलाई तत्काल कार्वाही गर्नुपर्छ नत्र जे पनि हुन सक्छ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।