हेटौंडा, २५ असोजरविजया दशमीको अवसरमा नेपाली कांग्रेसले सोमबार मकवानपुरको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका ८, १७ र मकवानपुर गढी २ मा सोमबार गरिएको चियापानमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी र राप्रपाका गरी ४ सय ७२ जना र आईतबार हेटौंडा उपमहानगरपालिका १७ मा गरिएको शुभकामना आदानप्रदानमा विभिन्न पार्टी परित्याग गरी १ सय ७० जना गरी ६ सय ४२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
हेटौंडा ८ मा कांग्रेसका वडा सभापति भुपेन्द्र कोइरालाको सभाध्यक्षता र हेटौंडा १७ मा वडा सभापति नवराज न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय तथा मकवानपुर गढी २ मा वडा सभापति रामप्रसाद पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिएर नवप्रवेशीलाई कांग्रेसमा स्वागत गर्नुभएको थियो ।
कांग्रेसमा स्वागत गर्दै केन्द्रीय सदस्य डिनाले कम्युनिष्टहरुको दोहोरो चरित्र, तानाशाही प्रवृत्ति र भ्रष्टाचारमा लिप्त भएका कारण अव जनताले उनीहरुलाई नेपालबाट पत्तासाफ पार्ने बताउँदै पार्टीको आन्तरिक निर्वाचनमा भएका निर्वाचित पराजित सम्पूर्ण नेता कार्यकर्ताहरुले विगतलाई भुलेर एक भई पार्टीलाई अव आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा मकवानपुर कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै कांग्रेस बागती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति बानियाँले अरु पार्टीको भन्दा कांग्रेसको नेता र नीति ठिक लागेर कांग्रेसमा जनलहर बढेको बताउँदै कम्युनिष्टहरुले लोभ, भ्रम र त्रास देखाएर जनतालाई शोषण गरिरहेकाले त्यसलाई चिर्न नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।
नेता बानियाँले नवप्रवेशीहरुलाई योग्यता, क्षमताको आधारमा पार्टीमा उचित स्थान दिईने बताउँदै कांग्रेसले झुटको खेति नगर्ने र बोलेको कुरा पु¥याउने पार्टी भएकाले कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने बताउँनुभयो ।
सोमबार भएका शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमहरुमा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, सल्लाहकार रिता खनाल, जिल्ला सदस्यहरु प्रदिप कोइराला, सुर्यबहादुर रुम्बा, ईन्दिरा न्यौपाने, गोपी अधिकारी, दोर्जे लामा स्याङतान, सुनिल अधिकारी, संघीय सभापतिहरु दामोदर खनाल, यतिराज सापकोटा, क्षेत्रीय सभापति तारानाथ चौलागाई, क्षेत्रीय सचिव सुवातसिं थिङ, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, मकवानपुर गढी गाउँपालिका सभापति राजविर मोक्तान, हेटौंडा उपमहानगर उपसभापति डोल्मा स्याङबो, सचिव सविन न्यौपाने, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण नगर सभापति सुनिल गिरी, वडा सभापतिहरु, क्षेत्रीय प्रतिनिधिहरुलगायत क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।
हेटौंडा ८ मा कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन तथा अच्युतम पौडेलको अध्यक्षतामा ३१ सदस्यीय नेपाल तरुण दल ८ नम्वर वडा समितिसमेत पूर्नगठन गरिएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।