कस्तो छ भर्खरै नेपालमा सार्वजनिक भएको नथिङ सीएमएफ फोन १

  • हजुरको खवर
  • बुधबार, आषाढ २७ २०८१ प्रकाशित

नथिङ तुलनात्मक रूपमा नयाँ ब्रान्ड भए पनि यसले आफ्नो सहायक ब्रान्ड समेत तयार पारेको छ-सीएमएफ । एकदमै नयाँ ब्रान्डको रूपमा आएको सीएमएफले सर्वसुलभ मूल्यमा आकर्षक डिजाइनका स्मार्टफोन एक्सेसरिज समेत उपलब्ध गराउँदै आएको छ ।

तर अहिले भने सीएमएफ ब्रान्डकै फोन नेपाल सहित विश्व बजारमा सार्वजनिक भएको छ, जसको नाम हो, सीएमएफ फोन वन (CMF Phone 1) । अन्य फोन निर्माता कम्पनीहरूका सहायक ब्रान्ड जस्तो नथिङले सीएमएफलाई पूर्णतः स्वतन्त्र ब्रान्डको रूपमा नदेखाउने मार्केटिङ रणनीति अपनाएको छ ।

यद्यपि नथिङकै फराकिलो इकोसिस्टमको छुट्टै लाइनअपको रूपमा यसलाई ल्याएको छ । उत्पादनको रूपमा सीएमएफ फोन वनको कुरा गर्ने हो भने यो धेरै हदसम्म नथिङ फोन (२ए) सँग मिल्दोजुल्दो छ । तर यसले पूर्णतः छुट्टै आफ्नो युनिक स्टाइल र डिजाइन दिएको छ । सीएमएफ फोन वनको मुख्य विशेषता भनेकै यसको डिजाइन र गुणस्तर हो ।

यो फोन प्रयोगकर्ताहरू वास्तवमै के चाहन्छन् भन्ने कुरामा केन्द्रित छ, ठिकठाक हार्डवेयर अनि महत्त्वपूर्ण फिचरको हिसाबले धेरै नचुक्ने । सीएमएफ फोन वनमा ६.६७ इन्चको १२० हर्ज रिफ्रेश रेट भएको सुपर एमोलेड डिस्प्ले राखिएको छ ।


यसको ५० मेगापिक्सेलको मेन क्यामेरामा नथिङले 'फ्ल्यागशिप ग्रेड' बताउने सोनी सेन्सर छ । फोनमा रहेको मिडियाटेक डाइमेन्सिटी ७३०० फाइभजी चिपसेटलाई पनि कम्ती मान्न सकिन्न । किन कि यो पर्फर्मेन्सको हिसाबले शीर्ष स्थानमा नभए पनि पावरको हिसाबले किफायती अनि लामो ब्याट्रीलाई लामो समय टिकाउन भने सक्षम छ ।

यो फोनको समग्र अनुभव नथिङ ओएस २.६ मा गाँसिएको छ । जुन थुप्रै अतिरिक्त विशेषता रहेको नथिङको युनिक लुकिङ एन्ड्रोइड भर्सन हो ।

 

सीएमएफ फोन वनको स्पेक्सः

Body: 164x77x8.2mm, 197g/202g; plastic shell, glass front; User-replaceable back cover, Splash resistant.

Display: 6.67" AMOLED, 120Hz, 500 - 700 nits (typ), 2000 nits (peak), 1080x2400px resolution, 20.1:9 aspect ratio, 394ppi.

Chipset: Mediatek Dimensity 7300 (4 nm): Octa-core (4x2.5 GHz Cortex-A78 & 4x2.0 GHz Cortex-A55); Mali-G615 MC2.

Memory: 128GB 6GB RAM, 128GB 8GB RAM, 256GB 8GB RAM; microSDXC.

OS/Software: Android 14.

Rear camera: Wide (main): 50 MP, f/1.8, PDAF; Depth: 2 MP, f/2.4.

Front camera: 16 MP, f/2.0, (wide).

Video capture: Rear camera: 4K@30fps, 1080p@30fps; Front camera: 1080p@30fps.

Battery: 5000mAh; 33W wired; 5W reverse wired charging.

Connectivity: 5G; Dual SIM; Wi-Fi; BT.

Misc: Fingerprint reader (under display, optical).

 

अतिरिक्त फिचरको मामिलामा सीएमएफ फोन वन अगाडि देखिन्छ । पहिलो कुरा त यसको युनिक मोडुलर डिजाइन नै हो । यो फोनको पछाडिको समग्र भाग झिक्न मिल्ने किसिमको छ, जुन प्रयोगकर्ताको इच्छा अनुसार एकअर्कासँग साटफेर गर्न पनि सकिन्छ ।

फोनको पछाडि भागमा 'एक्सेसरी पोइन्ट' नाम दिइएको अर्को चिज पनि छ । यसको अर्थ सीएमएफ फोनका लागि आवश्यक परिरहने एक्सेसरिज हुन्, जस्तै, फोल्ड-आउट स्ट्यान्ड, कार्ड होल्डर र ल्यानयार्ड । यसले फोनलाई नै मौलिक बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।