कवि युवराज विश्वकर्मा भन्छन् : अब जहाँ जातको कुरा चल्छ अनि....

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ २३ २०७७ प्रकाशित

नसहनु अब जहाँ,जात को कुरा चल्छ
दलित भनी जहाँ,पक्षपात को कुरा चल्छ
अपहेलित जीवन भन्दा मृत्यु प्यारो ठानी,
लड्नु जहाँ पानी नचल्ने घात को कुरा चल्छ!

हिड्दा हिड्दै पछि परेका,अस्तित्वका बेगहरु
अपमानले बिचोलित ती, भावनाका मेगहरु
हातलाइ नै हतियार बनाइ उठाउ योद्दाहरु,
जहाँ बिभेदको स्थान माग्ने जमातको कुरा चल्छ!

अर्थहिन छ जीवन तिम्रो,अछुत शब्दको घेरा भित्र
किन बँच्छौ असन्तुस्ट, लुकाइ ती चेहेरा भित्र
स्वतन्त्रताको भाषन लाई व्यवहार मा ल्याउन,
मर या मार जहा छुन नहुने हात को कुरा चल्छ!

हाम्रै सृजनाको तागत,खुकुरिको देश हो यो
उस्ले लगाइ लाज छोप्ने,हाम्रै सिपको भेष हो यो
अन्याएको घाँटी रेटी अधिकार खोस्न,
चलाउ तरबार जहाँ फरक बात को कुरा चल्छ!
#एकल_योद्धा...✍️💕

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।