कविता : मेरि आमा-कल्पना सिल्वाल

  • हजुरको खवर
  • बिहीबार, बैशाख ७ २०८० प्रकाशित

मेरो आवश्यकताहरु पूरा गर्ने काम हुन मेरि आमा ।
फलानीको छोरो भनी चिनाउने नाम हुन मेरि आमा  ।।

म आमाको चाहाना बिना बाहिर सम्बन्ध जोड्दिन ।
मेरा लागि भगवान संमान लक्ष्मी हुन मेरि आमा  ।।

आमा हुदाँ सम्म दुनियाँसङ्ग भिड्न तयार छु साथी ।
मेरा दुश्मनलाई बाटोमा रोक्ने जाम हुन मेरि आमा ॥

कसरी बुझाउ भगवान आमाको महत्त्व दुनियाँलाई ।
माघ पुसको जाडोमा न्यानो घाम हुन मेरि आमा ।।

कसैले बिर्सेर पनि आमा विरुद्ध बोल्ने शाहस नगर्नु है साथी ।
मेरो लागि बहुमुल्य दाम हुन मेरि आमा  ।।

लेखक : कल्पना सिल्वाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।