बन्दी बनाएर , खोजी गरिनु सरकारी न्याय कि कानून ?
हराएको नै छैन म वेपत्ताको लिस्टमा परेकी छु
वेपत्ता छानबिन आयोग खोजीमा खर्च गरिरहेछ
म नहराएको जानकारी मलाई मात्र छ
कसरी पुष्टि गरूँ म बन्दी छु भनेर ?
लाग्छ म जस्ता अरूपनि नहराएका नागरिक
जस्ले छट्पटी मै जीवन गुजार्न परिरहेछ
यो बन्दी गृह व्यक्तिगत हो कि सरकारी थाहा छैन
र छुट्ने सम्भावना नै छैन
देशले कस्तो काँचुलि फेर्यो खै ?
मलाई त म १५ बर्षकी बालिका
मकै बारि बाट अपहरण भएको थाहा छ
आज म धेरै ठूलि भै सकेकि छु
घिनलाग्दो जिन्दगी बोकेर
बस! मलाई याद यही छ कि
लगातार पिडित छु
को बाट र कसरी म सँग प्रमाणहरू छैनन्
कदाचित म मुक्त भए पनि
मेरो मुक्ति स्विकार्य हुदैन व्यवहारमा
घर तिर पनि म प्रेतआत्मा बनी सके कि छु
कानुनले बेपत्ताको लिस्टमा कता वेपत्ता पारिसक्यो
म हजारौँ पटक हजारौँ नर पिपासुबाट
निर्दयी ब्वाँसाहरूबाट लुछिईरहेकि छु
यो बन्दकोठाको आवाज अब भित्ताहरूले पनि सुन्न छाड्यो
म कति चिच्याएँ कति रोएँ ?
लेखा जोखा गर्न न्यायलयले आज पनि
म बलकृत हुनुको प्रमाण खोज्न लाज नमान्ला
सम्भव हुन्छ भने म यहीँ मर्न चहान्छु
न्यायको नजरमा र समाजमा म बलत्कृत छैन
केबल वेपत्ता भए कि हुँ
म भेटिएर नाङ्गो हुन चहान्न अब
मलाई न्यायलयले न्याय दिनुकोसट्टा
पटक पटक नङ्याउछ र बलत्कार मात्र गर्छ
उसै पनि घरपरिवारका लागि म मरिसकेकि छु
समाजका लागि विभिन्न लाल्छानामा हराएकि छु
कानुनमा वेपत्ता छु ठिकै छ
हजार पटक लुछिएको केबल मलाई मात्र त थाहा छ
नर पिपासुको लागि म एउटी सिकार न हुँ
ऊसलाई म हाएकि वा पेशेवर के थाहा?
ऊ केबल उपभोग गर्छ र जान्छ
मेरो पीडा सँग के लेना के देना ?
ऊ त प्यास बुझाई रहेछ
मलाई बाँच्नु र मर्नुमा भिन्नता नै छैन
भेटिनु र हराउनुमा पनि महत्व रहेन
किन कि बलत्कृत नारीले न्याय खोज्दा
न्यायलय बलकृत हुनुको तौर तरिका सोध्छ
र खोज्छ अनेकन प्रमाणहरू
कुन बेला , कहाँ , कहिले र कसरी ?
मलाई मेरै नजरले पनि देख्न सकेका छैनन
म बलकृत भएको
मेरा कालो पट्टि भित्रका आँखाले
मलाई देखोस् कसरी र म प्रमाण दिउँ ?
म प्रष्ट्याउन समर्थ छैन
मैँले म हुनुलाई न्याय माग्दिनँ
मलाई म वेपत्ता हुनुको खोजि गर्नु छैन
म यसरी हराई रहनुमा ठिक छु
यसरी लुछिईनु मै ठिक छु
म भेटिएर उदाङ्गो हुन चहान्न
खुलम् खुला कानुनी बलत्कृत हुन चहान्नँ
म यही बन्दीमै भेटिएकी छु
हराएर पनि ।
धन्यवाद !
परशुराम घिमिरे(निदान) मकवानपुर , हेटौंडा ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।