कविता-नेपाल गान  ✍️  प्रभास घिमिरे

  • हजुरको खवर
  • शनिबार, जेष्ठ २२ २०७८ प्रकाशित

 

शिर्षक :- नेपाल गान
छन्द:-  शालिनी

माहाकाली पुर्वमा पर्छ मेची
सच्चा हाम्रा चीन पुर्वी छिमेकी।
नाम्चे हाम्रो माथ हो यो धराको
यौटा सानो विन्दु बिश्वम्भराको ।।१।।

डाँफे नाच्दै भन्छ नेपाल मेरो
झर्की गैंडा भन्छ तेरो न मेरो ।
शाली बग्छिन् बग्दछिन् हेर काली
थोपा थोपा स्वेदका अन्न वाली ।।२।

माच्छापुच्छ्रे दाँत खोलेर हाँस्छ
सोलीघोप्टे उफ्रदै हेर नाच्छ ।
गिर्जा घर्मा पुग्छ ऐले पुजारी
शेर्पा मुन्धुम् पढ्छ हाँसेर खाली।।३।


राता डाँडा पुष्प लालीगुँरास
फेवा रूपा ताल छन वेगनास।
काली गङ्गा गर्भमा शालग्राम
राजर्षीका बुद्ध वाणी महान ।।५।।

पानी प्यूदा पुर्ण पीयूष बन्छ
यार्सागुम्बा यै धरामाझ फल्छ
यस्को माटो माथमा मै सजाउ
नेपाली नेपालकै गीत गाऊ ।।६।
                                        ✍️  प्रभास घिमिरे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।