कविता-नेपाल आमा विलिन हुन, लाग्दै छिन रे आज : कवि युवराज विश्वकर्मा

  • हजुरको खवर
  • शनिबार, जेष्ठ २४ २०७७ प्रकाशित

नेपाल आमा विलिन हुन, लाग्दै छिन रे आज
अन्धकार मा तर्सिएर,जाग्दै छिन रे आज

भक्कानो फुटि तातो रगत उम्लेको छ खबर सुन्दा,
सन्तान बाटै बलत्कृत भै, पाक्दै छिन रे आज

कोरोना र भ्रस्टचार को चर्चा चल्दा जताततै
निस्तब्धमा भय ले मन, ढाक्दै छिन रे आज

गुराँस झैँ उनको ओठमा मौनताले बाधिए पछि
आँसु झारी न्यायको भिक, माग्दै छिन रे आज

अशान्तीको कोलाहलले आफ्नै बास मा खेदो हुदा
खाली खुट्टा काडाको बाटो, भाग्दै छिन रे आज

अधिकार खोसेर सामन्तीको तरबारले काट्न खोज्दा
चिच्याइ चिच्याइ मेरो नाम, डाक्दै छिन रे आज
#एकल_योद्धा...✍️💕

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।