कविता : देश बेच्ने मतियार, जलाउनु छ आमा !

  • हजुरको खवर
  • मङ्गलबार, कात्तिक २३ २०७८ प्रकाशित

युद्ध भुमिमा हतियार, चलाउनु छ आमा !

देश बेच्ने मतियार, जलाउनु छ आमा !

नरोक मलाइ तय भै सकेको छ यात्रा यो,

सामन्तीको शिरोधार, ढलाउनु छ आमा !!

 

जती सहनु सहियो, अत्ति भो अत्याचार उसको !

गर्धन छिनाइ रङ्गाउनु छ, खुसीले सँसार उसको !

निर्मला, सविता र सम्झना लगायतका आँसु पुछी,

निर्धक्कले हाँस्ने आधार, फलाउनु छ आमा !!

 

कति हेरुँ बूढो बाउले, भोको पेट बाँचिरहेको !

भोलि राम्रो होला भन्ने, त्यान्द्रो सपना साँची रहेको !

जेठो दाइको पसिनाको मूल्य असुलेर,

इतिहासको मुजुरासार, पलाउनु छ आमा !!

~युवराज विश्वकर्मा (एकल योद्धा)..✍️💕

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।