कविता-जनताको मर्म बुझ्ने, सरकार चाहियो : युवराज विश्वकर्मा

  • हजुरको खवर
  • सोमबार, आषाढ १४ २०७८ प्रकाशित

कलम सङ्गै अब हातलाइ, तरबार चाहियो! 

सुशासनको लागी क्रान्ती, हरबार चाहियो!

सुन्दर, शान्त मेरो देशको, पहिचान जोगाउन,

समृद्धिको गुँरास फुल्ने, आधार चहियो!!

 

दरिद्रका उपनामले, बिचलित भै ठगिएका,

मिहेनतको कदर नपाइ, पसिनामा बगिएका,

जेठो दाइलाइ ठग्ने सङ्ग, बदला लिएर,

अन्यायलाइ फाँड्ने योद्धा, अपार चाहियो !!

 

गरिबिका खोटहरु, हमेसा बिलाउनु पर्छ,

रुपा, निर्मला र प्रचण्डेले, समान न्याय पाउनु पर्छ,

परि आए देशको लागि, शिर चढाउन सक्ने,

बलभद्र झैँ महान् सपूत, हजार चाहियो!!

 

निभाउन्मुख टुकीमा, तेल थपी बाले जस्तो,

गड्याङ्ग~गुडुङ्ग गड्किएर, पत्थर मट्टी गाले जस्तो,

निदाउरो देशको मुहार, फेरी हसाउँनलाई,

जनताको मर्म बुझ्ने, सरकार चाहियो !!

~युवराज विश्वकर्मा( एकल_योद्धा..!)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।