कविता-आमा तिम्रो काख छोडदेखि...........

  • हजुरको खवर
  • बिहीबार, बैशाख ७ २०८० प्रकाशित

धेरै पीडा पाए आमा तिम्रो काख छोडदेखि ।
हन्डर खानु खाए आमा तिम्रो काख छोडेदेखि ।।

तिमि बिना एक्लो छु म खुसी कहाँ मिल्छ आमा ।
चारै दिशा धाएँ आमा तिम्रो काख छोडदेखि ।।

जति उमेर बढ्दै जान्छ आवश्यकता झनै हुने ।
निःस्वार्थ माया बुझे बल्ल तिम्रो काख छोडदेखि ।।

स्वार्थ मात्र खोज्दा रैछन पापी यो दुनियाँमा ।
धेरै वचन खाए आमा तिम्रो काख छोडदेखि ।।

गर्न केही पाइनँ भन्ने झुटो मात्र लाग्छ आमा ।
आफ्नो खुसी खोज्न भनी यहाँ सम्म धाए आमा ।।
तिम्रा सम्झनामा आज एउटा गजल गाएँ आमा ।। ♥️♥️
                            लेखक : सपना खनाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।