करेन्ट लागेर मकवानपुरमा एक युवकको मृत्यु 

  • हजुरको खवर
  • बुधबार, आषाढ २७ २०८१ प्रकाशित

मकवानपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृतक मकवानपुरगढी गाउँपालिका-८ का ३७ वर्षीय दिक्पाल स्याङ्तान हुन्।

स्थानीयका अनुसार, रामबहादुर घिसिङको बारीमा रहेको विद्युत् पोलको तार छुटाउने क्रममा स्याङ्तानलाई करेन्ट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीका अनुसार, भीमफेदी इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार राति नै घटनास्थलमा पुगी मुचुल्का उठाएको छ। मृतकको शव बुधबार बिहान पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको उनले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।