कमिशन प्रथाको बिरोधमा बिरोध प्रर्दशन

  • हजुरको खवर
  • सोमबार, फागुन ३ २०७७ प्रकाशित


हेटौंडा÷नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेश समन्वय समितीले सिलाइ (टेलरिङ्ग) मा रहेकोे कमिशन प्रथाको बिरोधमा धरानमा प्रर्दशन गरेको छ । 
सम्बन्धित पक्षले कमिशन लिन बन्द गरि श्रम र शिपको सम्मान गर्नुपर्ने माग राख्दै महासंघले बिरोध ¥याली तथा बिरोध सभा आयोजना गरेको हो । बिरोध सभालाई सम्बोधन गर्दै महासंघ प्रदेश १ का संयोजक राजन दर्नालले बर्तमान परिस्थितिमा समेत विभिन्न जिल्लामा कपडा सिलाउन पठाए बापत कमिशन लिने अवस्था बाट उपभोक्ता समेत मारमा परेको र आफ्नो पेशा बाट अरुले फाइदा लुटने प्रवृत्ति कामय रहेको बताए । 
टेलरिङ्ग (सिलाइ) पेशा धरासायी बन्न सक्ने स्थिति बाट जोगाउन देशभर बिरोध सभाको आयोजना गर्ने कार्यक्रम रहेको नेपाल कपडा तथा सिलाई ब्यबसाय महासंघ, राष्ट्रिय महिला उधमी सीप बिकास समितिका संयोजक मेनका श्रेष्ठले बताइन् । 
प्रदेश संयोजक दर्नालको सभाध्यक्षतामा भएको सभामा महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ, उपाध्यक्ष फिरोज अलि, उपमहासचिव सन्त दर्नाल, सुनसरी जिःला अध्यक्ष गोपाल रणपहेली, झापा अध्यक्ष दिलिप सुन्दास, मोरङ अध्यक्ष भगत परियार, राष्ट्रिय महिला उद्यमी सीप बिकास समिति सदस्य जीवन मगर, लगायतको उपस्थिति रहेको जिल्ला सचिब महेन्द्र दासले बताए । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।