दसैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र पशुपति प्रसाद २ः भष्मे डन को व्यावसायिक सुरूआत राम्रो भएको छ।
यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन दुई करोड ४० लाख रूपैयाँ हाराहारीमा व्यापार गरेको जानकारी दिनुभयो।
दसैंको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौं। यद्यपि सिनेमा हल पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौं। त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको संकेत गरेको छ, निर्माता लामिछानेले भन्नुभो।
फिल्म वितरक करण श्रेष्ठले चार दिनमा ६ करोड रूपैयाँ बढीको कुल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिनुभयो।
उहाँले भन्नुभो, सिनेमा हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौं। नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ। पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ। यद्यपि तथ्यांक दसैं सकिए लगत्तै सार्वजनिक गर्नेछौं।
सातवर्ष अगाडि प्रदर्शन भएको पशुपति प्रसादु को दोस्रो शृंखलाका रूपमा निर्माण भएको पशुपति प्रसाद २ः भष्मे डन मा शीर्ष भूमिका अभिनेता विपीन कार्कीले निर्वाह गरेका छन्।
उहाँले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रूपमा दर्शकले रूचाएको बताउँनुभयो।
समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ। उसमा पशुपति प्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाइ पनि छ, अभिनेता कार्कीले भन्नुभो, यही चरित्रमार्फत म दर्शकमाझ परिचित बनेँ। यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो। अहिले दर्शकको प्रिय बनेको छ।
सिनेमा हल पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले बताउँनुभयो।
यसलाई पशुपति प्रसादु को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने स्पिन अफ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताउँनुभयो।
यसमा कथालाई निरन्तरता दिएका छौं। सबै पात्र हुनुहुन्छ। त्यसैले यो पहिलो भागकै निरन्तरता हो, उहाँले भन्नुभो।
फिल्ममा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायत कलाकारको अभिनय छ।सेतोपाटीबाट
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।