मिसन-०८४ लक्ष्य बनाएर पार्टी गतिविधि सञ्चालन गर्दै आएको नेकपा एमालेले नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी गरेको छ ।
गत वर्ष असारदेखि व्यापक जिम्मेवारी हेरफेरसहित नेताहरूलाई फरक भूगोल र क्षेत्रको जिम्मेवारी दिइएको थियो । उक्त जिम्मेवारीमा रहेर एक वर्षसम्म काम गरेका नेताहरूलाई अब नयाँ जिम्मेवारी दिइनेछ ।
बुधबार बसेको सचिवालय बैठकले नयाँ जिम्मेवारीको आधार निर्माण गर्ने काम गरेको छ । नेताहरूको नयाँ कार्य विभाजनको आधार आजको बैठकले तयार पारेको छ । त्यसैअनुसार गृहकार्य गरेर अर्को बैठकले कार्यविभाजन गर्ने एक पदाधिकारीले बताए ।
उनका अनुसार, कार्य विभाजन गर्दा अब नेताहरूलाई दोहोरो जिम्मेवारी नदिइने समेत निर्णय भएको छ । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भने मापदण्ड लागू हुनेछैन । अहिले ओलीले पार्टी अध्यक्ष र संसदीय दलको नेता छन् ।प्रशासनबाट
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।