ओलिको कदम जनताको विश्वासमाथि कुठाराघात : सह-इन्चार्ज मोक्तान

  • हजुरको खवर
  • बुधबार, फागुन १२ २०७७ प्रकाशित

 नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य तथा मकवानपुर सह–इन्चार्ज कुमारी मोक्तानले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनताको विश्वासमाथि कुठाराघात भएको बताइन् । नेकपाको प्रचण्ड–माधव पक्षले संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन बदर गरेको खुसीयालीमा बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार विजय र्याली तथा सन्देश सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा पुनर्स्थापना हुनु सबै नेपालीको जित भएको बताउनु भयो । अझै अर्को लडाइँ बाँकी नै रहेको भन्दै अब निर्वाचन आयोगले हामीलाई सही विधी र प्रकृयाको आधारमा वैधानिकता दिने र पुनः हाम्रो जित हुने बताउनु भयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।