एसईईका विद्यार्थी अन्यौलमा –नतिजा कुर्दै बस्दै 

  • हजुरको खवर
  • सोमबार, श्रावण २६ २०७७ प्रकाशित

हेटौंडा ११ नवलपुर घर भएकी १६ बर्षिय अश्मिता भट्टराई माध्यामिक शिक्षा परिक्षा एसईई को परिक्षाफलको पर्खाइमा छिन् । हेटौंडा ३ बसामाडीमा रहेको सनसाइन सेकेन्डरी इड्डलिस बोर्डीङ स्कुलमा अध्ययनरत भट्टराईलाई आनो नतिजा कस्तो आउला भन्ने चिन्ता लागेको बताएकी छिन् । उक्त बिद्यालयकै सबै भन्दा उत्कृष्ट बिद्यार्थी रहेकी उनी एसइइको परिक्षा नै दिन नपाएकोमा निराश बनेकी छिन् । 
उनी भन्छिन् ः मेहेनत गरेर पढेर राम्रो ग्रेड ल्याउने सपना थियो । परिक्षा नै दिन पाइएन । यत्रो दुख गरेर पढेको त अर्थ नै नभएको जस्तो लागेको छ । आफुले लेख्न पाइएको थियो भने पो थाहा हुन्थ्यो त कस्तो नतिजा आँउछ भन्ने कुरा । जिवन मै एकपटक हुने एसईई परिक्षाको अनुभव नै गर्न नपाएकोले दुख लागेको उनको भनाइ छ । 
भट्टराई मात्र होइन उनी जस्तै सोही बिद्यालयबाट यसबर्षको एसईई परिक्षामा सहभागी हुने ३९ जना बिद्यार्थी थिए । सबैले उस्तै गुनासो गरेको बिद्यालयका प्राधानाध्यापक राजकुमार नहर्कीले बताए । उनले भने ः हाम्रो बिद्यालयका सबै बिद्यार्थीहरु उत्तिकै मेहेनती छन् । परिक्षा लिएकै भए पनि राम्रो नतिजा आउँनेमा ढुक्क थियौं । कोरोनाले केही असर पारेकै हो । तर पनि कलेजले इन्ट्रान्स लिदा राम्रो सँग नाम निकाल्न सक्नेमा ढुक्क छौं । अहिले पनि मकवानपुर क्याम्पस र म्यानजमेन्ट कलेजमा धेरै जना आना बिद्यार्थीहरुले छात्रवृत्तीमा नाम निकालेर पढिरहेको उनको भनाइ छ । 
मकवानपुर जिल्लाको मात्रै नभै देशै भरीका एसईई विद्यार्थीहरु यतीबेला अन्योलमा रहेका छन् । कस्तो नतिजा आउला ? आफुले सोचेजस्तो होला की नहोला ? कहिले नतिजा हेर्न पाइएला भन्ने चिन्तामा रहेका छन् । 
२०५५÷५६ को तथ्याङ्क अनुसार नेपालमा सामुदायिक विद्यालयको संख्या २९ हजार ३५ छ भने संस्थागत विद्यालयको संख्या ६ हजार ५ सय ६२ रहेको छ । यसै गरी यो बर्ष एसईई परिक्षामा सहभागी हुने विद्यार्थीको संख्या चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । 

कोरोनाको ट्याग लाग्ने पिर
कोरोना माहामारीका कारण राष्ट्रिय परिक्षा बोर्डले यस बर्षको एसईई परिक्षा मुल्याङ्नको आधारमा गरिने निर्णय ग¥यो । यसले कती लाई खुसी लागेको छ भने कती बिद्यार्थीहरुलाई कोरोनाको ट्याग लाग्ने पिर समेत लागेको छ । 
हेटौंडा ४ मा रहेको आधुनिक राष्ट्रिय माध्यामिक बिद्यालयबाट यस बर्षको एसईई दिने तयारीमा रहेका राज किरण आनो नतिजामा कोरोनाको ट्याग लाग्ने चिन्ता व्यक्त गरेका छन् । आफैले लेखेर परिक्षा दिन पाएको भए जस्तो नतिजा आएपनि पिर हुन्नथ्यो । स्कुलले आफै नम्बर दिएको त होनी । के लेख्थ्यो होला र, यत्तिकै ग्रेड ल्यायो भन्लान् भन्ने डर भएको उनले बताए । उनले भने ः कोरोना रोकिए पछि परिक्षा भदिएको भए सजिलो हुन्थ्यो । अब सँधैको लागी कोरोना व्याजको नामले चिनिने गरिन्छ । हाम्रो क्षमता देखाउँनै पाएनौं ।  
उता उनकी आमा छटिया देवी शाहले भने मुल्याङ्कनको आधारमा नतिजा निकालेकै राम्रो भएको बताएकी छिन् । उनले भनिन् ः  यदि परिक्षा दिन गएको भए कोरोना लाग्ला की भन्ने डर हुन्थ्यो । अहिले ढुक्क त छौं । अहिले एसईई परिक्षा दिन नपाएर के भयो र ? अब कोरोना हराएछ भने ११ बाट राम्ररी पढ्ला नी । उनको छोरा राज किरण ले भने कोरोनाको कारण आफैले लेखेर नतिजा लिन नपाएकोमा दुख मानेको उनले बताइन् ।
नतिजा आउन ढिला
यसैबीच परीक्षा प्रकाशन गर्न अभिलेखीकरणको सबै काम पूरा गरिए पनि राष्ट्रिय परीक्षा बोर्डले तत्काल परीक्षाफल प्रकाशित नगर्ने भएको छ । यता कुन ग्रेड आउला, आफुले आकंलन गरेको जस्तो होला की नहोला भन्ने बिधार्थीहरु लाई चिन्ता लागेको छ ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले कोरोना भाइरसको सङ्क्रमण फेरि बढेका कारण केही दिन नतिजा प्रकाशन नगर्ने अवस्था सिर्जना भएको बताएका छन् । बोर्डका अध्यक्ष डा।चन्द्रमणि पौडेलले परीक्षाफल प्रकाशन गर्न आवश्यक सबै तयारी पूरा भएको छ तर नतिजा आउन केही दिन अनुकूल अवस्था छैन भन्ने जानकारी दिए । प्याब्सनका अध्यक्ष टीका पुरीले यो बेला विद्यालयमा अभिभावक तथा विद्यार्र्थीको भीडभाड बढ्न सक्ने भएकाले केही दिन नतिजा प्रकाशनमा ढिलाइ गर्नु नै राम्रो हुने सञ्चारमाध्यमहरु लाई जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।