एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

  • हजुरको खवर
  • बिहीबार, श्रावण २६ २०७९ प्रकाशित

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले एक पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।बिहान १० बजे जिल्लाको मनहरी गाउँपालिका वडा नंबर ९ को खराङमा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नंबरको एम्बुलेन्सले ठक्कर दिँदा घटनास्थलमै एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताउँनुभयो ।एम्बुलेन्सले ठक्कर दिँदा घटनास्थलमै मृत्यु हुनेमा संखुवासभाकी ५२ वर्षीया नमुना शेर्पा रहेको प्रवक्ता कार्कीले बताउँनुभयो । शेर्पा मनहरी स्थित आफ्नो छोरीको घर आएकी थिईन् ।ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेको छ । शवलाई पोस्टमोर्टमको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।