नेकपा समाजवादी मकवानपुरमा दुलालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी घोषणा 

  • हजुरको खवर
  • शनिबार, आश्वीन ९ २०७८ प्रकाशित


नेकपा समाजबादी मकवानपुरको केदारनाथ दुलालको नेतृत्वमा जिल्ला कमिटी घोषणा भएको छ । हेटौंडामा आज भएको नेकपा समाजवादी मकवानपुरको जिल्ला स्तरीय भेलाले दुलालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । जिल्ला कमिटी घोषणा कार्यक्रमबाट बालकृष्ण चौलागाईं कार्यालय सदस्यमा मनोनीत हुनुभएको छ । उक्त कार्यक्रममा नेकपा समाजबादिका केन्द्रिय संयोजक राजु कार्कीको प्रमुख अतिथ्यता तथा  नेकपा समाजबादिका प्रवक्ता मानबहादुर तामाङको बिशेश अथित्यतामा भएको हो ।  सो  कार्यक्रममा बागमती प्रदेश इन्चार्ज इन्द्र प्रसाद तिमल्सिना, २ नम्बर प्रदेश इन्चार्ज बद्री यादव, कार्यलय सदस्य बालकृष्ण चौलागाईं, श्याम प्रसाद दहाल, माधव दाहाल तथा युवा नेता राजेन्द्र पुडासैनीको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य युवा नेतृ सुस्मिता कट्टेलले राख्नु भएको थियो । जिल्ला कमिटीको जिम्मेवारी आगामी बैठकबाट टुङ्गो लागाउने जिल्ला इन्चार्ज केदारनाथ दुलालले बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।